काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार प्रतिगमनतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ।
सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सरकारको वर्तमान गतिविधि र दृष्टिकोणप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो कि नेपालमा अबसम्म गठन भएका अधिकांश अन्तरिम सरकार सफल भएका छन्, तर हालको सरकार सफल हुने बाटोतर्फ नलागेको अनुभव गरिएको छ।
पोखरेलले सरकारको कामलाई जनताको सार्वभौम सत्तामा आधारित संविधानको उल्लंघन गरेको ठहर गर्नुभयो। उहाँले प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको स्मरण गराउँदै भन्नुभयो कि विगतका नजिरका आधारमा पनि सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने सम्भावना रहेको छ। तर, उहाँले हालको सरकार संवैधानिक परीक्षणमा खरो सावित नहुने दाबी गर्नुभयो।
उहाँले भन्नुभयो,“यो २३ र २४ गतेको घटनापछि मुलुक अग्रगमनमा होइन, पश्चगमनतर्फ, प्रतिगमनतिर उन्मुख छ। जनताले लामो संघर्षबाट प्राप्त गरेको सार्वभौम सत्ता आधारित संविधान घाइते भएको छ। निर्वाचित जनप्रतिनिधि अंग, प्रतिनिधि सभा विघटन भएको छ। यस्तो अवस्थामा लोकतन्त्र, संविधान र जनसर्वभौमसत्तातर्फ फर्कनुपर्ने आवश्यकता छ।”
पोखरेलले सरकारको निर्वाचन तयारीमा असंवेदनशीलताको समेत आलोचना गर्नुभयो। उहाँका अनुसार ६ महिनाभित्र चुनाव गराउने कार्यादेश पाएको सरकारले निर्वाचन वातावरण निर्माण गर्न कुनै कदम चाल्न सकेको छैन, र प्रमुख दललाई स्थानहद तोक्ने निर्णय अनुचित रहेको बताउनुभयो।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच