काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ४० करोड रुपैयाँ अख्तियारी प्रदान गरिएको छ । अर्थ मन्त्रालयले कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि शहरी विकास मन्त्रालयलाई ४० करोड रुपैयाँ अख्तियारी प्रदान गरेको हो ।
‘युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि शहरी विकास मन्त्रालयलाई ४० करोड रुपैयाँ अख्तियारी प्रदान गरिएको,’ अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना (साउनदेखि असोजसम्म)को प्रगति विवरणमा उल्लेख गरेको छ ।
गत असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले त्रिभुवन विश्वविद्यालय परिसरभित्र रहेको कीर्तिपुर क्रिकेट रंगशाला आयोजनाको गुरुयोजना स्वीकृत गरेको थियो । मन्त्रिपरिषद्को बैठकले गुरुयोजनाबमोजिमको बाँकी कार्यको बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको थियो ।
‘त्रिभुवन विश्वविद्यालय परिसरभित्र रहेको कीर्तिपुर क्रिकेट रंगशाला आयोजनाको गुरुयोजना स्वीकृत गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने र गुरुयोजनाबमोजिमको बाँकी कार्यको बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति प्रदान गर्ने,’ असोज ३० गतेको मन्त्रिपरिषद्को निर्णयमा भनिएको थियो ।
मन्त्रिपरिषद्ले गुरुयोजना स्वीकृत गरेपछि अर्थ मन्त्रालयले कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि शहरी विकास मन्त्रालयलाई ४० करोड रुपैयाँ अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो ।
गत वर्षको असार अन्तिममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् गठन भएपछिको पहिलो निर्णय नै त्रिवि क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने थियो । असारमा मन्त्रिपरिषद्को निर्णय भए पनि प्यारापिटका निम्ति फागुन १९ गतेमात्रै ठेक्का लागेको थियो । त्यसको भोलिपल्टदेखि काम सुरु गरिएको थियो । मैदानको प्यारापिट निर्माणको जिम्मा बिटिओआई-केसिडिसी-पिजी कन्स्ट्रक्सन्सले पाएको थियो । कम्पनीले प्यारापिटको काम पनि सम्पन्न गरिसकेको छ ।
यस्तै, फ्लडलाइट निर्माणको जिम्मा विसान ईश्वरी जेभीले पाएको थियो । फ्लडलाइट निर्माणका निम्ति गत फागुन २२ गते मन्त्रालयले विसान ईश्वरी जेभीसँग सम्झौता गरेको थियो । फागुन २३ देखि नै काम थालिएको थियो ।
प्यारापिटको काम सम्पन्न भइसके पनि फ्लडलाइटमा ढिलाइ हुँदा रंगशाला निर्माणको पहिलो चरण अझै सम्पन्न भइसकेको छैन ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच