काठमाडौं । नेपालमा पहिलोपटक आयोजना गरिएको ‘काठमाडौं हरर फिल्म फेष्टिभल’ सम्पन्न भएको छ । आइतबार साँझ कमलपोखरीस्थित रसियन कल्चरल सेन्टरमा तीनदिन लामो चलेको महोत्सवमा विश्वका विभिन्न देशका चलचित्रकर्मी र दर्शकलाई एकै छातामुनि ल्याउँदै डर, कला र कथनको अद्भूत संगम प्रस्तुत गरिएको थियो ।
नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानद्वारा आयोजित यो फेष्टिभलले हरूर चलचित्रलाई कला र संस्कृतिको अभिव्यक्ति स्वरूप प्रस्तुत गरिएको थियो । जहाँ रुस, इण्डोनेशिया, भारत, मेक्सिको, बंगलादेश र नेपालका चलचित्रहरू समेटिएको यस कार्यक्रममा नेपाली सिनेमाको नयाँ अध्यायको सुरुवात भएको आयोजकले जनाएको छ ।
प्रतिष्ठानका उपाध्यक्ष शिव पुरीले चलचित्रलाई माध्यम बनाएर संस्कृति, सन्देश र सिर्जनशीलतालाई जोड्ने उद्देश्य रहेको बताउँदै उत्सवले त्यो लक्ष्यतर्फको ढोका खोलेको प्रष्ट पार्नुभयो ।
रूसी चलचित्र ‘शामन’ देखाउँदै फेस्टिभलको ओपनिङ गरिएको थियो भने समापनमा नेपालको ‘द रिचुअल’सहित बंगलादेशको चलचित्र ‘फोरिनर्स अनली’ देखाइएको थियो । निर्देशक नुहास हुमायुनको यस बंगलादेशी चलचित्रले समाजमा हुने विभेद र मानव संघर्षको कथा भन्छ । यसै चलचित्रका लागि हुमायुनले उत्कृष्ट युवा चलचित्रको पुरस्कारसमेत जित्नुभयो ।
यसवर्षको महोत्सवमा विभिन्न देशका २५ चलचित्र प्रदर्शन भएका थिए । जसमध्ये इण्डोनेशियाको हरूर, थ्रिलर फिल्म ‘लेबिनेक’ सर्वश्रेष्ठ फिचर फिल्म घोषित भयो । त्यस्तै, सर्वश्रेष्ठ छोटो फिल्मको अवार्ड भने मेक्सिकोको फिल्म ‘अ इयर अफ म्यारिज’ ले पाउन सफल भयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच