काठमाडौं । राष्ट्रिय बीमा कम्पनीकोे सञ्चालक समिति अध्यक्षमा नियुक्त निर्मल ढकालले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले सोमबार प्राधिकरणको केन्द्रीय कार्यालयमा उहाँलाई शपथ गराउनुभएको हो ।
सरकारले कात्तिक १४ गतेको निर्णयअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपमहानिर्देशक रहनुभएका ढकाललाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक समिति अध्यक्षमा नियुक्त गरेको थियो ।
शपथ कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटा, राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच