काठमाडौं । एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा सुजितकुमार शाक्य नियुक्त हुनुभएको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले शाक्यलाई सिइओ नियुक्त गरेको बैंकले जनाएको छ ।
बैंकका अनुसार नवनियुक्त सिइओ शाक्यले आगामी ३० दिनभित्र बैंकमा कार्यभार सम्हाल्नुुहुनेछ । चारवर्षे कार्यकालका लागि नियुक्त शाक्यसँग तीन दशक लामो बंैकिङ क्षेत्रको अनुभव रहेको छ ।
पछिल्लो समय नबिल बैंकको वरिष्ठ डेपुटी सिइओका रूपमा कार्यरत उहाँले यसअघि ग्लोबल आइएमई बैंक, जनता बैंक, सिभिल बैंकलगायतमा काम गरिसक्नुभएको छ । एनआइसी एसिया बैंकबाट सिइओ रोशनकुमार न्यौपानेले राजीनामा दिएसँगै उक्त पद रिक्त थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच