‘हामीपछिको दोस्रो पिँढीमा उनी सबभन्दा अगाडिका थिए र मलाई लाग्थ्यो उनीमाथि म आफ्नो सम्पूर्ण जवाफदेही सुम्पेर निर्धक्क हुनसक्छु ।’ प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला प्रथम जननिर्वाचित मन्त्रिमण्डलका सदस्य योगेन्द्रमान शेरचनको जन्म विसं १९८३ मा पिता हितमान शेरचन र माता पदमकुमारी शेरचनको कोखबाट मुस्ताङको टुकुचेमा भएको थियो । हुनेखाने परिवारका काइँला छोरा योगेन्द्रले प्रारम्भिक शिक्षा गाउँमा प्राप्त गरे ।
उनको शिक्षा खास गरी भारतबाट प्राप्त भयो । नेपाल छात्र संघको जनरल सेक्रेटरी भएर वनारसमा विद्यार्थी नेताको रूपमा उनी उदाए । विसं २००७ सालको क्रान्तिपछि बीपी कोइरलाले उनलाई कांग्रेसमा सामेल गराएर राजनीतिक पुँजी बनाए । राजनीति समाज निर्माणको मेरुदण्ड हो भनेर विद्यार्थी कालमै आत्मबोध गरिसकेका योगेन्द्रलाई विसं २०२८ चैत ४ गते काठमाडौं महानगर भगवती मार्ग सानोगौचरन ज्ञानेश्वर वडा नं ३० मा मध्यरातमा सरकारी नम्बर प्लेटको गाडीले किचाएर हत्या गरियो ।
प्रजातन्त्र अपहरण हुँदा उनले घर बसेर गिरफ्तारी दिएका थिए । लुक्नु–भाग्नुलाई कायरताको पराकाष्ठा ठान्ने उनले पुस २ गते २०१७ का दिन मध्यरातमा आएका सेना अधिकृतबाट पक्राउपुर्जी आएपछि कुनै प्रतिरोध गरेनन् । नेपाली कांग्रेसका नेताहरू बीपी, गणेशमान, किसुनजीको साथ रहेर सुन्दरीजल जेल बसाइ उत्पादनशील बनाएर नेताहरूलाई शिक्षण सिकाइसमेत गरे ।
सवारी अनुमतिपत्र प्राप्त नगरेको १६ वर्षे किशोरले राज्यको संरक्षणमा दुरुत्साहन गरी षड्यन्त्रमूलक ढंगले हत्या गरिएको भए पनि नेपाल आमाका पुत्ररत्न योगेन्द्रलाई आजका दिनसम्म पनि ‘निधन’ भनिएकाले शहीद घोषणाका लागि प्रमाण संकलनकै अभियानमा रहेर एउटा संक्षिप्त आलेख सार्वजनिक गरिएको छ । योग्यता, क्षमता र बौद्धिकतामा अब्बल योगेन्द्रमानमा ज्ञानविज्ञानको कुनै यस्तो क्षेत्र थिएन, जसमा उनको गहिरो अध्ययन नहोस् । विज्ञानका त उनी विद्यार्थी थिए तर इतिहास, दर्शन, अर्थशास्त्र, वाणिज्य, भूगोल, ज्योतिषशात्र आदि सबैमा उनको दख्खल थियो ।
पूर्वहोस् या सुदूरपश्चिम उनले करिब-करिब समकालीन समयमा विभिन्न भाषामा धारा प्रवाह प्रस्तुति दिनसक्थे । पूर्वप्रधानमन्त्री किसुनजीका शब्दमा उनी अक्षय ज्ञानका भण्डार नै थिए । यस्तो विशिष्ट प्रतिभा भएको मान्छेले आफूलाई सबैका सामु सुपाच्य बनाउँछ तर निरंकुश दरबारलाई बिझाएका योगेन्द्रमानले नीतिप्रधान चिन्तनबाट आफूलाई राजनीतिमा स्थापित गरे प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले अर्को एक ठाउँमा भन्नुभएको छ ‘योगेन्द्रमानले कुनै दिन जनरल सुवर्ण शमशेरको स्थान लिने छन् ।’ २०१५ सालको पहिलो आमचुनावमा निर्वाचन क्षेत्रको ८७ हालको मुस्ताङबाट प्रतिनिधिसभाका लागि उनी निर्वाचित भएर उपमन्त्री भएर डेलीभरी दिन सके । उसको विशेषता थियो प्रत्येक काम जवाफदेही र पारदर्शी किसिमबाट गर्नसक्नु । मिहिनेत गर्ने सवालमा उत्कृष्ट थिए योगेन्द्रमान । त्यस्तै कुशल वार्ताकारसमेत थिए उनी ।
प्रजातन्त्र अपहरण हुँदा उनले घर बसेर गिरफ्तारी दिएका थिए । लुक्नु-भाग्नुलाई कायरताको पराकाष्ठा ठान्ने उनले पुस २ गते २०१७ का दिन मध्यरातमा आएका सेना अधिकृतबाट पक्राउपुर्जी आएपछि कुनै प्रतिरोध गरेनन् । नेपाली कांग्रेसका नेताहरू बीपी, गणेशमान, किसुनजीको साथ रहेर सुन्दरीजल जेल बसाइ उत्पादनशील बनाएर नेताहरूलाई शिक्षण सिकाइसमेत गरे । आठ वर्षको जेल बसाइमा पिता हितमान दिवंगत हुँदा शासकहरूले क्रियाकर्म गर्न दिने भनेर रिहा गरे । १३ दिनपछि कारागार जाने मनशायले बागमती अञ्चल कार्यालयमा हाजिर भएर साथीहरूलाई धोका नदिने निष्ठा देखाउन उनीपछि परेनन् । सवालमा उत्कृष्ट उनी प्रजातन्त्रमा रहेर धोका नदिने निष्ठा देखाउन उनी पछि परेनन् ।
२०२५ पछि आन्दोलनको विषयलाई लिएर बीपी र सुवर्णका बीच मतभिन्नता पनि देखियो । दुवै नेताले उनलाई राजधानी बसेर प्रतिबन्धित पार्टीलाई सुदृढ बनाउने कार्य गरे । २०२७ मा किसुनजीको रिहाइका लागि राजा महेन्द्रलाई बौद्धिक दबाब दिनेमा पनि उनी थिए । यो सन्दर्भ बीपी विचार राष्ट्रिय समाजले प्रकाशित गरेको नेपालको प्रजातान्त्रिक आन्दोलनका वीर योद्धाहरू कृतिमा प्राडा. रामचन्द्र पोख्रेलले उल्लेख गरेका छन् । योद्धा सिपाहीलाई उजिल्याउने सत्कर्म गरेर प्रकाशित कृतिमा कतै पनि हत्याको चर्चा छैन । भनिएको छ गाडीले किचेर निधन भएको हो । सोही कृतिमा रामनारायण मिश्रलाई न्याय गर्दै शहीद भनिएको छ तर योगेन्द्रमानलाई किन शहीद भनिएन । किन हत्यालाई हत्या भनिएन ? यतिमात्र होइन, योगेन्द्रमान शेरचनको नाउँ राजनीति पीडित सहायता समिति २०५१ को प्रतिवेदनमा पनि उनीलाई छुटाइएको देखिन्छ ।
प्रभावशाली र निष्ठामा औंला उठाउनै नसकिने त्यत्रो भीमकाय व्यक्तित्वप्रति न्याय भयो र ? त्यसैले पार्टीको अकर्मण्यतासमेत देखियो । प्रजातन्त्रको इतिहास बोकेको सुन्दरीजल जेलमा निमाणे गरिएको शिलालेखसहितको प्रतिमामा पनि उनको निधन भनिएको छ । तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरलाद्वारा यसको अनावरण गरिएको थियो । कांग्रेस यस्तोमा किन चुक्छ ? किन जस्ताको त्यस्तै अभिलेख राखिँदैन ? योजनाबद्ध ढंगले उनको हत्या भएको छ तर किन नजरअन्दाज गरियो ? अरूका पार्टीगत शहीद बोकेर हिँड्ने दरबारसँग शरण लिन ढंगले सिँगौरी खेल्ने, तानाशाहका मन्त्रीसँग सत्य र तथ्यका आधारमा बौद्धिक तरिकाले बहस गरेर तिनलाई कालो–नीलो बनाउन सक्ने हैसियतको वरिष्ठ नेतालाई किन सबैतिर उपेक्षा ?
हत्या हुनु तीन दिनअघि त्रिवि कीर्तिपुरमा विद्यार्थी आयोजक भएको कार्यक्रममा तत्कालीन गृहमन्त्री शम्भु ज्ञवालीले पञ्चायती प्रजातन्त्रको व्याख्यान दिँदै भनेछन् बाई द पिपुल फर द पिपुल एण्ड अफ द पिपुल तर त्यहीँ शेरचनले व्यंग्य गर्दै भनेछन् अफ (बन्दको अर्थमा) द पिपुल फार (टाढा) द पिपुल, बाइज द पिपुल भनेछन् । हल तालीले गुञ्जियो मन्त्रीको अनुहार नीलो र कालो भयो ।
२०२७/०२८ सालतिर बीपी र सुवर्णको बीच हार्दिकता कम थियो । बीपी सशस्त्र संघर्ष भन्ने तर सुवर्ण अब त्यस्तो होइन, शान्तिपूर्ण आन्दोलन गर्नुपर्छ भन्ने । पार्टीको कार्यवाहक सभापति सुवर्ण नै थिए, उता बीपी कोइराला सिंगो पार्टीको जस्तो नै थिए । बोलचाल बन्द हुने अवस्थासम्म आयो तर नेपालमा रहेर क्रियाशील राजनीति गरेका योगेन्द्रमान दुबैजनाको विश्वासिलो कारण यही हो । योगेन्द्रमान असाधारण व्याक्तित्व थुनुँ भने उनलाई मात्र के थुन्ने ! अब यही हो उपचार भनेर उनको जीवन समाप्त गरियो । यो हत्या कायरतापूर्ण थियो । यो हत्या प्रजातन्त्रको बीज मास्ने गम्भीर षड्यन्त्रको उपज थियो ।
नेपाली कांग्रेसले कि त्यसको अनुसन्धान गरेर दिशा गलत भएर योगेन्द्रमानलाई दशा लागेको रहेछ भनेर ढिलो होइन डिजाइनरहरूलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरोस् होइन भने पार्टी निर्णयसहित शहीद घोषणाका लागि प्रमाण संकलन प्रारम्भ भएको कामलाई साथ देओस् । काठमाडौं नगर प्रमुख बालेन साहको सचिवालयका युवाहरूले, ‘यति पुरानो घटना आहिले’ भनेर वरिष्ठ पत्रकार तेजप्रकाश पाण्डित र यो पंक्तिकारलाई पछि फोन गर्छौं भन्दै पठाएका छन्-केही हप्ताअघि मात्र । यो मामिलामा काठमाडौं महानगर ३० का प्रजातन्त्र सेनानीहरू हरिबहादुर बरुवाल, राजनराज थापा तथा केशवबाबु तिवारीप्रति हार्दिक कृतज्ञता प्रकट गर्नैपर्छ किनकि योद्धालाई वास्तविक योद्धाको पहिचान दिन हिम्मत गरेर सर्जमिन मुचुल्का गरिदिनुभयो ।
राजनीतिमा जसले पनि जित खोज्छ भन्दैमा जेनजेडले छोड्ला ? हुन त यिनीहरूले आफैंले मिल्काएका ज्ञानेन्द्र शाहसँग सहकार्य गरेर पनि बलैले जनमतले आफ्नो पक्षमा देखाउने सपना देखेका होलान् । त्याग र लगानीको ब्याज असुल्न अब सक्ने छैनन् । राजाको बुई चढेर सत्तासुख खोज्नेहरूलाई अब पनि युवा नेताहरूले सहने हो ?
एउटा जोखिम उठाउनुभयो तर सत्यका खातिर । अमरत्व प्राप्त गरेका महान् व्यक्तित्वको न्यायका लागि । प्रजातन्त्र सेनानीको हैसियतमा वडाअध्यक्ष दलबहादुर कार्की र कांग्रेस महा-समिति सदस्य इन्दु सिंहसमेत कृतज्ञता प्रकट गरिनुपर्ने व्यक्तित्व हुनुहुन्छ । पूर्वसहायकमन्त्री सुशीलमान शेरचन धन्यवादका पात्र छन् । यसरी नै धन्यवादका पत्र अर्का छन्, तनहुँ व्यास नगरप्रमुख बैकुण्ठ न्यौपाने । पुलिभराङका सर्वसिहं गुरुङलगायत दुईजनाको प्रमाण संकलनसहितको फाइल गृहमा बुझाउन र शहीदको चासो र सरोकार राख्ने सवालमा खर्चसमेतको प्रबन्ध गरी काठमाडौं प्रवेश गराएकोमा पुनः धन्यवादका पात्र छन्-प्रमुख न्यौपाने । त्यसो त आदर्श नेता तथा संविधानसभा सदस्य रामचन्द्र पोख्रेललाई यस मामिलामा बिर्सनु हुँदैन । त्यस्तै अर्को व्यक्तित्व गृहका सहसचिव छवि रिजाललाई आभार प्रकट गर्नै पर्छ ।
शहीदलाई भर्याङ बनाएर तीन दशक सत्ता सुखले नपुगेर श्रीमती आरजुसहित एक वर्ष पहिले बालकोट पुगी किस्तीमा राखेर प्रधानमन्त्रित्व केपी ओलीलाई दिएका शेरबहादुर देउवाले बीपीको नाम बेचेर बुढेसकालमा अरू दुःख पाउने रहर गर्दैछन् । धेरैपटक प्रधानमन्त्री हुनेहरूले बढ्ता शहीदको रगतको अपमान गरेका छन् । उनीहरूसहित आजीवन अध्यक्षहरू ओली र प्रचण्डले हार स्वीकार गरेका छैनन् । झुकेका छैनन् बीपीको हत्या गर्न पठाएका मोहन शमशेरले जे गरेका थिए, यिनीहरू आज त्यही गर्दैछन् । जवाफदेहिता र पारदर्शिताका लागि जेनजेडले गरेको २३ गतेको काम पुनः दोहोर्याउने पार्न खोज्दैछन् सत्ताबाट विस्थापित हुँदा पानीविनाका माछा भएका छन् ।
राजनीतिमा जसले पनि जित खोज्छ भन्दैमा जेनजेडले छोड्ला ? हुन त यिनीहरूले आफैंले मिल्काएका ज्ञानेन्द्र शाहसँग सहकार्य गरेर पनि बलैले जनमतले आफ्नो पक्षमा देखाउने सपना देखेका होलान् । त्याग र लगानीको ब्याज असुल्न अब सक्ने छैनन् । राजाको बुई चढेर सत्तासुख खोज्नेहरूलाई अब पनि युवा नेताहरूले सहने हो ? जनार्दन शर्माको पाखुरीमा भएको बल पनि महामन्त्रीहरूले देखाउनु पर्दैन । देउवादम्पतीसँगै सती जाने हो ? निवर्तमान मन्त्री प्रदीप पौडेलले माफी मागेको देखेका छैनन कि ! विद्यावारिधि प्रधानमन्त्रीले भारत भ्रमण सकेर ‘जुवा खेलेको प्रतिक्रिया दिएर मुस्काएका थिए ।
राजनीतिक जनरल मेनेजरहरूले कैफियतको आधारमा जेल बस्न पाऊन् । अझ एकजनाको करियर सुरु गर्दा जे मुद्दा लागेको थियो, पुनः त्यही मुद्दा दर्ता भएको छ । यी लाक्षीहरूले देउवा दम्पतीको जति पनि सामना गर्न सकेनन् । सामना गर्न नसक्ने भगौडाहरू क्रान्तिकारी यी पेटवली बाहेककाहरूको बुद्धि पलाओस् । जेनजेडलाई आतंकवादी नभन ! तोड्फोड र आगजनी गर्नेहरू त चिनिँदै छन् । सुशीला कार्कीले इतिहास नबिगार्लिन् ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच