कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने महाकाली नदीमाथि बनेको पुल नेपालकै लामो झोलुंगे पुल हो।
यो पुलले दुई नगरपालिकाका स्थानीयलाई आवतजावतमा सहज त भएको छ नै, पर्यटकलाई पनि आकर्षित गरिरहेको छ ।यो पुल हेर्नकै लागि यहाँ बर्सेनि हजारौं स्थानीय र बाह्य पर्यटक आउने गरेका छन्। दोधारा चाँदनी झोलुँगे पुल कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट करिब ९ किलोमिटरको दुरीमा पर्छ।
यस पुलको लम्बाई १४५२.९६ मिटर, चौडाई १.६ मिटर र लामो स्पान २२५.४० मिटर रहेको छ ।वि.सं २०६० को दशकसम्म महाकाली नदीमा पुल नहुँदा महाकाली नगरपालिकावासी (दोधारा–चाँदनी) ले निकै सास्ती भोग्नुपरेको थियो ।
तस्बिरहरु: प्रकाश चन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी












बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच