कालीकाेट । कर्णाली प्रदेशमा पछिल्ला पाँच वर्षमा ५२ हजार ३२९ जनाको परीक्षण गर्दा ७३१ जना एचआईभी संक्रमित भेटिएका छन् ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार आर्थिक वर्ष २०७७/०७८ देखि २०८१/०८२ सम्म परीक्षण गरिएका मध्ये प्रत्येक वर्ष ३० देखि ९७ जनासम्म नयाँ संक्रमित फेला परेका छन् ।
आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ४ सय ९७ जनाको परीक्षणमा ३० जना संक्रमित भेटिएका थिए भने २०७८/०७९ मा १२ हजार ९० जनामध्ये ७० जना संक्रमित भेटिएका थिए । त्यस्तै, २०७९/०८० मा १७ हजार २४९ जनामा परीक्षण गर्दा ९७ जना संक्रमित फेला परेका हुन् ।
आर्थिक वर्ष २०८०/०८१ मा १७ हजार ९८५ जनाको परीक्षणमा ४९ जना र २०८१/०८२ मा ३ हजार ५०८ जनामा परीक्षण गर्दा ३९ जना संक्रमित फेला परेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका एचआईभी तथा टीबी फोकल पर्सन पदम केसीकाअनुसार अधिकांश संक्रमितहरू बसाइँसराइँ गरेर आएका व्यक्ति हुन् ।
हाल प्रादेशिक अस्पताल सुर्खेत, दैलेख, सल्यान, कालीकोट, रुकुम पश्चिमका जिल्ला अस्पतालहरूका साथै राकम कर्णाली, साल्कोट, मेहेलकुना, दुल्लु लगायतका सामुदायिक स्वास्थ्यचौकीमा संक्रमितहरूको उपचार भइरहेको छ ।
केसीकाअनुसार विभिन्न ठाउँबाट प्रदेशमा आएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण गर्दा धेरैमा एचआईभी संक्रमण पाइएको हाे ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच