नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले सम्पर्कविहीन कैदीबन्दी खोजिरहेको बताएको छ । गत भदौ २५ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा कारागार सुरक्षार्थ खटिएका ६ जना सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर नवलपरासी कारागारबाट भागेका कुल ५ सय ४६ जना कैदीबन्दीमध्ये अझै २ सय ४ जना सम्पर्कविहीन छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख (एसपी) अनुपम श्रेष्ठकाअनुसार, सोमबारसम्म कुल ३ सय ४२ जना कैदीबन्दीहरु मात्रै सम्पर्कमा आएका छ्न । सम्पर्कमा आएकाहरूमध्ये ३ सय ३२ जना जिल्लामा र १० जना अन्य जिल्लाको कारागार कार्यालय रहेको श्रेष्ठले उल्लेख गर्नु भयो । केही कैदीबन्दीहरू आफै आएका, केहीलाई अभिभावकले बुझाएको र बाँकीलाई प्रहरीले पक्राउ गरी कारागार बुझाएको एसपी श्रेष्ठले बताउनुभयो ।
सम्पर्कविहीन रहेका नेपाली कैदीबन्दीहरूलाई पक्राउ गर्न सम्भव देखिए पनि बाँकी फरार कैदीबन्दीहरूमध्ये ३९ जना भारतीय नागरिक रहेकाले उनीहरूलाई नियन्त्रणमा ल्याउन भने समस्या देखिएको छ ।
कारागारबाट भागेका कुल ४१ जना भारतीय नागरिकमध्ये हालसम्म २ जनालाई मात्र पक्राउ गरिएको छ । बाँकी ३९ जना भारतीय नागरिकहरू भारतमै रहेकाले उनीहरूलाई ल्याउन नसकिएको प्रहरीले जनाएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच