काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका बाँकी खेलहरू आगामी कात्तिक २६ देखि २९ (नोभेम्बर १२ देखि १५) सम्म पुनः सञ्चालन हुने भएका छन् । नेपाल भलिबल संघबाट यसका लागि आधिकारिक स्वीकृति प्राप्त भएको छ ।
हालसम्म लिगका १६ मध्ये नौ खेल सम्पन्न भइसकेका छन् । बाँकी खेलहरू काठमाडौंमै आयोजना गर्ने तयारी तीव्र गतिमा भइरहेको छ भने संशोधित खेल तालिका चाँडै सार्वजनिक गरिनेछ ।
लिगको पहिलो चरण जेन-जी आन्दोलनका कारण अस्थायीरूपमा प्रभावित भएको थियो र खेलहरू स्थगित भएका थिए । अप्रत्याशित चुनौतीहरूका बाबजुद वात्सल्य एभरेष्ट महिला भलिबल लिगले आफ्नो दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गर्ने दृढ संकल्प व्यक्त गरेको छ ।
यस लिगको मुख्य उद्देश्य महिला खेलाडीहरूको सशक्तीकरण, देशभर भलिबलको प्रवद्र्धन र नेपालको खेल समुदायलाई सुदृढ बनाउनु हो । आयोजकहरूले सकारात्मक ऊर्जा र प्रतिबद्धतासाथ लिगको यात्रालाई निरन्तरता दिने विश्वास व्यक्त गरेका छन् ।
नेपाल भलिबल संघ र सबै सहभागी टोलीहरूको सहयोगमा लिगले दोस्रो संस्करणलाई रोमाञ्चक र प्रेरणादायीरूपमा सम्पन्न गर्न तयारी पूरा गरेको जनाएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच