काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले तत्काल सुधारका कार्ययोजना सार्वजनिक गरेको छ । मन्त्रालयले खेल तथा युवा क्षेत्रका सुधारका लागि कार्ययोजना ल्याएको हो । जसमा युवा तथा खेलकुद विषयसँग सम्बन्धित नागरिकका गुनासो सुनुवाइ र समाधान प्रयासका लागि मन्त्रालयमा गुनासो सुनुवाइ कक्षको स्थापना गर्ने, मन्त्रालयबाट गरिने निर्णय प्रक्रियामा नेपाल सरकारद्वारा सञ्चालित जिआइएमएसमार्फत् तत्काल निर्णय प्रक्रिया अवलम्बन गर्ने सहितका छन् ।
यस्तै, मन्त्रालय र मन्त्रालय सम्बद्ध निकायका बैठकका गतिविधिलाई सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने कार्य सुरु भएको छ । प्रशासन शाखा र मातहतका निकाय मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रारूप तयार गर्ने र खेलकुद पूर्वाधारको वर्गीकरण र कार्यान्वयन जिम्मेवारीलाई तहगत सरकारमा बाडँफाँटसम्बन्धी कार्यविधि/मापदण्ड निर्माण गर्ने पनि कार्ययोजनामा समावेश छ ।
गैरसरकारी निकाय र निजीको संस्थागत सामाजिक उत्तरदायित्वको रकमलाई खेलकुद पूर्वाधार, प्रशिक्षण र कार्यक्रम सञ्चालनमा उपयोगका लागि कार्यविधि÷मापदण्ड दुई महिनाभित्र तय गर्ने मन्त्रालयको भनाइ छ ।
मन्त्रालय र मन्त्रालय सम्बद्ध निकायहरू एवं खेल संघहरूबाट गरिने आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग गर्ने, स्थानीय तह, जिल्ला तह, प्रदेश तह र राष्ट्रिय तहका खेलाडीहरूको खेलकुद सम्बद्ध जानकारी समेटिएको विद्युतीय अभिलेख तयार गरी खेलाडी परिचयपत्रका आधारमा व्यवस्थापन गर्ने प्रक्रियाका लागि तयारी सुरु गर्ने र राष्ट्रिय खेलकुद परिषद् र नेपाल स्काउट जस्ता स्वायत्त संस्थाहरूको आन्तरिक स्रोत पहिचान पनि कार्ययोजनामा उल्लेख छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच