काठमाडौैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आइएसओ/आइइसी २७००१ः२०२२ को प्रमाणपत्रमा निरन्तरता प्राप्त गरेको छ । कम्पनीले गत महिना गराएको सम्परीक्षणमा आफ्नो हरेक सूचनाको सुरक्षा प्रणालीहरूको अन्तर्राष्ट्रिय मापदण्डबमोजिम उचित व्यवस्थापन गरेकाले उक्त प्रमाणत्र नवीकरण भएको जनाएको छ ।
उक्त मानकले कम्पनीले अन्तर्राष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासको पालना गरेको छ भन्ने कुरा स्पष्ट पार्छ । कम्पनीले जोखिममा आधारित जीवन बीमा व्यवसाय प्रणाली तथा संस्थागत सुशासनसम्बन्धी नियामकीय व्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न अन्तर्राष्ट्रिय मापदण्डका आधारमा आइएसओ/आइइसी २७००१ः२०२२ सम्परीक्षण नवीकरण गरेको हो ।
कम्पनीका अनुसार नेपालको बीमा व्यवसायमा यसरी अन्तर्राष्ट्रिय मापदण्ड आइएसओ/आइइसी २७००१ः२०२२ प्राप्त गर्ने पहिलो र एकमात्र जीवन बीमा कम्पनी हो ।






कांग्रेस इतर पक्षको राष्ट्रिय भेलामा
प्रहरी प्रमुखमाथि जुन व्यवहार भएको
राष्ट्रिय भेलामा पुगे देउवा, सबै
कांग्रेस एकजुट भए कसैले पराजित
शेरबहादुरजीकै नेतृत्वमा कांग्रेस अगाडि बढ्छ
रेसुङ्गामा स्नातकोत्तर प्रथम सेमेस्टरको भर्ना