काठमाडौं । कवि तथा गजलकार रूपक अलंकारको कविता ‘रारा तिमी स्वर्गकी अप्सरा’ संगीतबद्ध भई हालै सार्वजनिक भएको छ । विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले उक्त कवितामा संगीत संयोजन गरी आफ्नै स्वरमा श्रोता/दर्शकमाझ ल्याउनुभएको हो ।
स्रग्विणी छन्दमा रचना गरिएको यो कविता रूपकको हालै प्रकाशित कवितासंग्रह ‘शान्त शर्वरी’ मा समावेश गरिएको छ । छन्दकवितालाई संगीतमा रूपान्तरण गर्दै श्रेष्ठले नेपाली कविताको छन्द परम्परालाई नयाँ ढंगले प्रस्तुत गर्ने प्रयास गर्दै आउनुभएको छ । ‘छन्दको कोकलता, लयमधुरता र प्रभावकारितालाई संगीतमा ल्याउँदा अझ ओजपूर्ण हुने रहेछ’, श्रेष्ठले भन्नुभयो, ‘संगीतमैत्री शब्दहरू भएमा त झनै सुन्दर र सशक्त हुने रहेछ ।’
कवि रूपकका अनुसार, ‘शान्त शर्वरी’ संग्रहबाट सन्तोष श्रेष्ठले दुईवटा कविता गाउनुुभएको छ । यसअघि उहाँले रूपककै पञ्चचामर छन्दमा लेखिएको ‘म हूँ स्वतन्त्र रापती’ गाउनुभएको थियो । श्रेष्ठको प्रस्तुतिले नेपाली छन्दकवितालाई गीतसंगीतको माध्यमबाट अझ जनस्तरमा पु¥याउने विश्वास कवि रूपकले व्यक्त गर्नुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच