काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको क्षतिको विवरणसहित जिल्ला प्रहरी परिसर, काठमाडौंमा औपचारिक उजुरी दर्ता गरेको छ।
जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले उजुरी प्राप्त भएको पुष्टि गर्नुभएको छ।
अख्तियार स्रोतका अनुसार, उजुरीमा आन्दोलनका कारण २४ करोड रुपैयाँ बराबरको क्षति भएको उल्लेख गरिएको छ। सो क्षतिमा सरकारी भवन, सवारीसाधन, सार्वजनिक सम्पत्ति र अभिलेखमा भएको तोडफोड तथा आगजनी घटनाहरू समावेश छन्।
यसैदिन सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले पनि आफ्ना कार्यालय परिसरमा भएका तोडफोड र आगजनी घटनासम्बन्धी जाहेरी प्रहरीमा दर्ता गराएका छन्।
अदालतहरूले भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा जाहेरी दर्ता गराएका हुन्। जाहेरीपछि प्रहरीले अदालत परिसरमा तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूको खोजी प्रक्रिया सुरु गरेको जनाएको छ।
गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा सर्वोच्च अदालत परिसरमा तोडफोड र आगजनी हुँदा महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएका थिए। साथै अन्य भौतिक संरचना र सम्पत्तिमा पनि ठूलो क्षति पुगेको थियो।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच