काठमाडाैं । माओवादी केन्द्रसँगको एकता प्रक्रियामा असन्तुष्ट रहनुभएका नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला गर्ने बताउनुभएको छ ।
काठमाडौंमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी उहाँले सो जानकारी दिनुभएको हो । पार्टीको बहुमत केन्द्रिय समितिले माओवादीसँग आत्मा सर्मपण गरेको उहाँको भनाई छ । केन्द्रिय समितिको बहुसंख्याले आत्मसर्मपन गरेपनि जिल्ला तहमा भने आफूहरुको बहुमत रहेको उहाँको दाबी छ । उहाँले राजनितिक रुपमा एकीकृत समाजवादी पार्टी क्रियाशिल रहने बताउनु भयो ।
उहाँले स्याथी समिति, पोलिटव्युरो, केन्द्रिय समिति, प्रदेश, जिल्ला, विभिन्न विभागमा रहेका धेरै साथीहरु समाजवादीमा नै रहने पनि उल्लेख गर्नुभयो । उहाँले समाजबादीमा रहेकाहरुको मंसिर पहिलो साता भेला आयोजना गरी त्यहीबाट अगाडीको बाटो तय गर्ने पनि जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यो धेरै सुखद् कुरा हो । केन्द्रिय समितिको बहुसंख्या अहिले गएर आत्मसर्मपण गरेपनि एउटा टीम बाँकी छ, पदाधिकारीमा कम होला, स्ट्यान्डिङ कमिटिमा अलिकति होला । पोलिटव्यरोमा अलिबढी साथी छौँ । केन्द्रिय समितिमा त्यो संख्या बढ्छ र जिल्लामा कुरा गर्ने हो भने अहिले हामी बहुमतमा छौँ । त्यो चाँही हामीले निसन्देह भन्न सक्छौँ । हामी प्रमाणित गरेर देखाउन सक्छौँ । कानुनी रुपमा जेसुकै होला, राजनितिक रुपमा आफ्नै ठाउँमा रहनुहोला । जिल्ला कमिटि छन्, प्रदेश कमिटि छन्, पदाधिकारी छन्, गाउँ कमिटि छन् । विभागहरु छन्, जनसंगठनहरु छन् । तिनीहरु नै बैधानिक हुन है, अहिले हाम्रो लागी राजनितिक रुपले तिनिहरु वैधानिक हुन् । आफ्नै ठाउँमा नेकपा एकिकृत समाजवादी कै रुपमा रहेर क्रियाशील रहिरहनुहोला । हामी आउने मंसिर पहिलो हप्तासम्म राष्ट्रिय भेला गर्छौ । त्यो राष्ट्रिय भेलामा ती क्रान्तिकारीहरु जम्मा हुनेछन् र अब कसरी जाने भन्ने कुरा हामीले त्यहीबाट लोकतान्त्रिक हिसाबले छलफल गरेर हामीले हाम्रो बाटो तय गर्नेछौँ ।’
उहाँले कम्युनिष्ट पार्टीको पुनर्गठनको अभियानमा धेरै समूह जोडिँदै जाने विश्वास समेत व्यक्त गर्नुभयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच