काठमाडौं । नेपाल, भारत, बंगलादेश र मौरिससका एक सयभन्दा बढी कलाकारको अन्तर्राष्ट्रिय सामूहिक कला काठमाडौंमा भइरहेको छ । आकार डेकोरले विभिन्न संघसंस्थासँग सहकार्य गरी आयोजना गरेको सो अन्तर्राष्ट्रिय सामूहिक चित्रकला र मूर्तिकला प्रदर्शनीको मंगलबार राजधानीमा उद्घाटन गरिएको थियो ।
नेपाल–जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका अध्यक्ष सन्तोषचन्द्र कुँवरले सो प्रदर्शनीको उद्घाटन गर्दै कलाको माध्यमबाट विभिन्न देशसँग नेपालको सम्बन्ध प्रगाढ बनाउन प्रदर्शनीले सहयोग पुर्याउने विचार व्यक्त गर्नुभएको थियो । उहाँले कला, संगीतको भाषा अन्तर्राष्ट्रिय हुने र नेपाल, भारत, बंगलादेश र मौरिससका कला एकै स्थानमा प्रदर्शनी गर्ने अवसरले कलाकारबीचको सम्बन्ध गहिरो हुनुका साथै देशकै सम्बन्ध अझ सुदृढ बनाउने मौका मिलेको पनि बताउनुभयो ।
भारतका कलाकार भरत भूषणले यस कला प्रदर्शनीमा सहभागी हुन पाउँदा आफूलाई औधी खुशी लागेको बताउँदै मानिसलाई कला क्षेत्रमा संलग्न हुने अवसरले साँच्चै मानव बनाउने अनुभव सुनाउनुभयो ।
त्यसैगरी बंगलादेशका कलाकार रुविना नरर्गिसले विभिन्न देशका एक सय जना कलाकारबीच आफू पनि कलाकृतिसहित सहभागी हुन पाउँदा अत्यन्त हर्ष लागेको बताउनुभयो । यस प्रदर्शनीले कला मेलामै सहभागी हुन पाएको महसुस भएको बताउँदै कलाकार नरर्गिसले नेपालको राजधानीमा आयोजित कला प्रदर्शनीले कलाकारबीच एकअर्काको कलाशैलीबारे छलफल गर्ने, अनुभव आदानप्रदान हुने बताउनुभयो ।
ड्रिम स्केप नेपाल-२५ शीर्षकमा आयोजित कला प्रदर्शनीमा अध्यात्म, देशको परिवेश, प्रकृति, संगीत, कला, नृत्यशैली, धार्मिक, सम्बन्धित देशका संस्कृति, जीवनशैलीलगायतका विविध विषयका चित्रकला र मूर्तिकला समावेश छन् । यो प्रदर्शनी आज (बिहीबार)सम्म चल्नेछ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच