काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘परान’को शो दोब्बरले बढेको छ । बुधबारमात्र यस चलचित्रले १३२ शो पाएको छ । त्यसमध्ये ४० भन्दा बढी शो बिहान नै हाउसफुल रहेको निर्माण पक्षले जनाएको छ । दिउँसो र साँझका शोहरूमा पनि उल्लेख्य मात्रामा टिकट बिक्री भएका थिए ।
मंगलबार कीर्तिपुरको कीर्तिपुर सिनेप्लेक्स र राइजिङ मलको क्यूएफक्स हलमा रातिको १२ बजेसम्म पनि हाउसफुलका साथ यो चलचित्र चलेको थियो । बुधबार पनि केही हलले रातिको नौ बजेसम्म फिल्मलाई शो उपलब्ध गराएका थिए । यस चलचित्रप्रति दर्शकको उत्साह कुन हदसम्म बढेको छ भने बिहीबारका केही शो बुधबार दिउँसो नै भरिएका थिए ।
बाबु–छोराको भावनात्मक सम्बन्धमा आधारित ‘परान’ले हलमा दर्शकको रुवाबासी नै चलाएको छ । चलचित्र हेर्दा दर्शकहरू हलभित्रै रोएका केही भिडियो टिकटकमा निकै भाइरल भएका छन्, जसले यस चलचित्रको लोकप्रियता अझ बढाएको छ । विशेषगरी कलाकार नीर शाहको अभिनयले दर्शकलाई बढी प्रभावित बनाएको देखिन्छ ।
दीपकप्रसाद आचार्यको निर्देशनमा बनेको यस चलचित्रमा नीर शाहसहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रवीन खतिवडा, बुद्धि तामाङलगायतको अभिनय छ । चलचित्रको निर्माणमा देशका ठूला व्यावसायिक घराना गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यले सहकार्य गरेका छन् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच