काठमाडौं । वरिष्ठ गायिका अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ मिलाप सम्मान अर्पण गरिएको छ । बुधबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच उहाँलाई मिलाप मासिकको कात्तिक अंकको कभर सम्मान अर्पण गरिएको हो । कार्यक्रमका सभापति मिलाप मासिकका सम्पादक कृष्ण भुसाल, प्रमुख अतिथि महाकाव्यकार खेमनाथ दाहाल, विशेष अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, वरिष्ठ गायक तथा संगीतकार कन्हैया सिंह, अंग्रज पत्रकार सानु श्रेष्ठ, मिलाप फाउण्डेशन अध्यक्ष गीता अधिकारी, टीका गोपाल एम क्रियशन अध्यक्ष गीता सिंह, पत्रकार किसन अर्याल, अनुप सिंहलगायतको आतिथ्यतामा उक्त कभर सम्मान अर्पण गरिएको थियो ।
समारोहमा स्वागत मन्तव्य राख्दै गीता अधिकारीले मिलापले निरन्तर १६ वर्षदेखि मासिक पत्रिका प्रकाशन गर्दै आएको बताउँदै यसले अन्य पुस्तक पनि प्रकाशन गरेको जानकारी दिनुभयो । कार्यक्रममाथि प्रकाश पार्दै कृष्ण भुसालले मिलापले १५० जति अंक वशेष व्यक्ति र समसामयिक विषयमा प्रकाशन गरेको बताउँदै अञ्जना गुरुङलाई कात्तिक अंकमा ‘स्वरमाधुरी’ कभर स्टोरी तयार पारेको बताउनुभयो । उहाँले समाजका आर्थिक, राजनीतिसँगै भाषा, साहित्य, कला संस्कृतिलाई मिलापमा विशेष स्थान दिँदै आएको जानकारी गराउँदै पछिल्लो अंक अन्य सामग्रीसँगै वरिष्ठ गायिका अञ्जना गुरुङका विषयमा विशेष प्रकाशन गरिएको बताउनुभयो ।
गायक तथा संगीतकार कन्हैया सिंहले अञ्जनाको गायनलाई मिलापले प्राथमिकता दिएर यो सम्मान व्यक्त गरेकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । यस्तै गायिका गुरुङले चितवनको जन्म र नेपालगञ्जको बसाइसँगै काठमाडौं र हालको अमेरिकामा बसाईमा आफू निरन्तर गीतसंगीतमा संलग्न रहेको बताउँदै गाउँदै जाँदा एक हजारभन्दा बढी गीत श्रोता/दर्शकमाझ ल्याएको बताउनुभयो । कार्यक्रममा आफ्ना भनाइ राख्नेक्रममा केही भावुक हुँदै उहाँले आफ्ना सयौं गीतलाई श्रोता/दर्शकले मन पराएको आफू भाग्यमानी रहेको बताउँनुभयो । उहाँले मिलापले आज आफ्ना कार्यलाई विस्तृत रूपमा प्रस्तुत गर्दै यो सम्मान अर्पण गरेकोमा कृतज्ञ रहेको सुनाउनुभयो ।
‘गीतसंगीत मेरो जीवन हो’, उहाँले भन्नुभयो, ‘श्रोता-दर्शकले माया गरेर आज यहाँसम्म आइपुगेकी हुँ । कार्यक्रममा उपस्थितहरूको आग्रहमा उहाँले चर्चित गीत ‘आँखैमा राख्छु मेरो देश’ प्रत्यक्ष गाउनुभएको थियो । यस्तै कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले मिलापका सम्पादक कृष्ण भुसालको आग्रहमा ‘स्वरमाधुरी’ अञ्जना गुरुङ आवरण आलेख तयार बताउँदै उहाँलाई अब यो उपाधिबाट पनि पुकारिने भनाइ राख्नुभयो । अञ्जनाका गीतहरूको चर्चा गर्दै उहाँमा गायनको विलक्षण प्रतिभा रहेको जिकिर गर्नुभयो । आवरण लेख तयारपर्ने क्रममा अञ्जना गुरुङलाई आफूले अझ नजिक बाट चिन्ने अवसर पाएको उहाँको भनाइ थियो ।
अनेसासका पूर्वअध्यक्ष लेकालीले नेपाली गीतसंगीतको अन्तर्राष्ट्रिय महत्व बढ्दै गएको बताउँदै नेपालबाट बाहिर गएका नेपालीहरूले यसलाई संसारभर पु¥याएको धारण राख्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि दाहालले मिलापका कार्यको चर्चा गर्दै यसको नयाँ अंकमा स्वरमाधुरी कभर हस्तान्तरण गर्न पाउँदा आफैंलाई गौरव महसुस भएको बताउनुभयो । उहाँले गायिका अञ्जनामा वंशानुगत गायन क्षमता आएको बताउँदै अञ्जना जहाँ रहे पनि ‘स्वरमाधुरी’ जीवन्त रहने जिकिर गर्नुभयो । ‘जहाँ रहे पनि अञ्जनाको स्वरले नेपाली संगीतमा सदैव जीवन भर्नेछ’, उहाँले भन्नुभयो ।
निर्देशक माधव खरेलले सहजीकरण गर्नुभएको कार्यक्रममा गीतसंगीत तथा समाजका विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । नेपाली गायन क्षेत्रमा आफ्नै पहिचान स्थापित गर्नुभएकी अञ्जनाले एक हजारको हाराहारीमा गीत गाउनुभएको छ । उहाँका सयौ गीत श्रोता/दर्शकमाझ प्रिय छन् । ‘आँखैमा राख्छु मेरो देश’, ‘म त काली सुन्दरी’, ‘बदनाम भए म तिम्रै कारणले’, ‘आँधी सारी तिम्रो माया’, ‘ठ्याक्कै भेटौंला’, ‘नजर नजरको’, ‘जसले मुटु चुडेर लग्यो’, ‘माईला रोधी घरमा (कौडा)’, ‘मान चाहे नमान तिमी मेरो हौ’ लगायत धेरै गीतहरू श्रोता-दर्शकबीच निकै मन पराइएका छन् । चितवनमा जन्मिएर नेपालगञ्जमा स्कुल लेभलको अध्ययन गर्नुभएकी उहाँ काठमाडौं हुँदै विगत केही वर्षदेखि अमेरिका बस्दै आउनुभएको छ । उहाँका श्रीमान् कन्हैया सिंह परियार जो आफैंमा वरिष्ठ गायक/संगीतकार हुनुहुन्छ भने छोरी अपेक्षा सिंह परियार पनि कला क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँहरूले हरेक पल्ट नेपाल आउँदा केही न केही सांगीतिक कोशेली नेपाली गीत संगीतको फाँटमा पस्किने गर्नुहुन्छ ? यसपालि पनि उहाँको दुई वर्षअघि लिजेन्ड्री संगीतकार रञ्जित गजमेरको संगीतमा तयार भएको गीतको भिडियो श्रोता/दर्शकमाझ आउँदैछ भने कन्हैयाको ‘शरदको तिमी जुन हौ’ श्रोता/दर्शकमाझ आएको छ । अञ्जनाको एकल गायन पनि हुँदैछ यही कात्तिक २१ शुक्रबार हुँदैछ । नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय सांगीतिक जोडी कन्हैया सिंह परियार र अञ्जना गुरुङको नामबाट ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार’ पनि स्थपना गरिएको छ । कन्हैया सिंह परियार नेपाली गीतसंगीतको क्षेत्रमा झण्डै तीन दशकदेखि क्रियाशील गायक एवं संगीतकारका रूपमा परिचित हुनुहुन्छ भने अञ्जना गुरुङ नेपाली सुगम संगीत तथा चलचित्र क्षेत्रमा चर्चाको शिखरका रूपमा रहनुभएकी गायिका हुनुहुन्छ । नेपाली सांगीतिक क्षेत्रमा आदर्श जोडीको छवि बनाएको यस जोडीले विगतका वर्षदेखि निरन्तररूपमा नेपाली गीतसंगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका एकजना संगीतकर्मीलाई नगद राशिसहित सम्मान गर्दै आएको छ । ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार-२०८२’ यसवर्ष गायक कमल विक ‘निर्मोही’लाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि ५१ हजार रुपैयाँ राशि छ । यसअघि पुरस्कारबाट गायिका चन्द्रकला शाह (२०७८), गीतकार विश्व बल्लभ (२०७९), वाद्यवादक कृष्ण गन्धर्व (२०८०) र लोकगायक रेशम थापा (२०८१) सम्मानित एवं पुरस्कृत भइसक्नुभएको छ । गायिका अञ्जना गुरुङले नेपाली गीत संगीतमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै मिलापको कात्तिक अंकमा उहाँलाई ‘स्वरमाधुरी’ कभरका रुपमा प्रस्तुत गरेको छ ।






कांग्रेस इतर पक्षको राष्ट्रिय भेलामा
प्रहरी प्रमुखमाथि जुन व्यवहार भएको
राष्ट्रिय भेलामा पुगे देउवा, सबै
कांग्रेस एकजुट भए कसैले पराजित
शेरबहादुरजीकै नेतृत्वमा कांग्रेस अगाडि बढ्छ
रेसुङ्गामा स्नातकोत्तर प्रथम सेमेस्टरको भर्ना