हो आमा तपाईं हुनु हुन्छ र त म छु
तपाईं विवाको मेरो अस्तित्व कहाँ हुन सक्छ र ?
अस्तित्वको खोजीमा लरखराई रहेको तपाईंको पुत्र
अभावको खाडलमा पुरिएको महसुस भएको छ ।
म छु वा छैन,
तपाईंको सम्झनाले मात्र पनि गर्दनले छाती टुक्क छुन्छ
तपाईंको सम्बोधन दुई अक्षरभन्दा ठूलो शब्दसार केही भेटिन
अस्तित्वको लाडाइँमा सन्सार जिल्छु भनेर हिँडेको
तर जहाँको त्यही रहेछु ।
तपाईंको काखमा मात्र मैले वेग हाथ सक्दो रहेछु
वेग हान्न त काख नै चाहिँदो रहेछ
खै किन हो कुन्नी सबै कुरा छ, मुटु छैन
मुटु विनाको के देह हुन सक्दो रहेछ र ?
मन भत्भति पोल्दो रहेछ,
दिन भरी पटुकी कसेर रगतलाई
उन्माद् परिवत गरेर बखतरान परेर घर फर्कन्छु,
एक बोतल पानीसँगै थकान मेटाउने प्रयत्नमा हुन्छु
त्यसै बखत छोराछोरीका आवश्यकताहरू क्रमशः
मेरो काममा बजारिन पुग्छन् ।
श्रीमती के भयो तिमीलाई
गम्भीरको देखिन्छौ नि !
धन पैसा कमाउने भनेको छोराछोरीको भविष्य बनाउने हो
केटाकेटी छन् तिमीलाई नभने कसलाई भन्नुन्
भनेको कुरा सुनाइदिने नसके
पति सानो कुरामा पनि तनाब लिनुपर्छ त ?
लौ आउँ खाना खाने बेला भयो
केठाकेटी पनि भोकाएका छन्
किन कुरा बुझ्न्दैनौ तिमी ?
यो सत्य युग होइन कलि युग हो
पैसा छ भने सबै छ पैसा छैन भने केही छैन
इष्ट मित्र, दाजुभाइ सबै दिदीबहिबी, छोराछोरी ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच