काठमाडौं । नेकपा (एस) बाट विद्रोह गरेका नेता रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत एमालेमा फर्किने निश्चित भएको छ।
एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसँग भएको भेटघाटपछि यो निर्णय भएको हो।
यसै सन्दर्भमा आगामी २४ गते दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा एमालेले “घर फर्कने अभियान” कार्यक्रम आयोजना गरेको पोलिट्ब्यूरो सदस्य महेश बस्नेतले जानकारी दिनुभएको छ । ५० जनाभन्दा बढी केन्द्रीय सदस्यहरू साे दिन एमालेमा फर्किने निश्चित भएको उहाँले बताउनु भएकाे छ ।
साथै उहाँले यस कार्यक्रममा सक्रिय सहभागिताका लागि अनुरोध समेत गर्नुभएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच