कालीकाेट । बालबालिकाको सिकाइ र समग्र शैक्षिक विकासमा अभिभावकको भूमिका सशक्त बनाउने उद्देश्यले कालीकाेटको रास्कोट नगरपालिका–४ र ५ मा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ।
प्लान इन्टरनेशनलको सहयोगमा मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरन्डेक) नेपालले आयोजना गरेको यस कार्यक्रममा रास्कोट नगरपालिकाका वडा कार्यालयहरू, नगर युवा, खेलकुद तथा शिक्षा शाखाले सहकार्य गरेका थिए।
कार्यक्रमको मुख्य उद्देश्य अभिभावकमा जिम्मेवारी, आत्मविश्वास, सृजनशीलता र नैतिक मूल्य अभिवृद्धि गर्नु रहेको बताइएको छ।
कार्यक्रममा अभिभावकहरूलाई बालबालिकाको सिकाइमा घरको वातावरण, सकारात्मक अनुशासन, मनोवैज्ञानिक आवश्यकता, र विद्यालयसँगको सहकार्यका पक्षहरूबारे जानकारी दिइएको थियो ।
सशक्त बालिका परियोजनाका संयोजक पदम राज हमालले घरमै सिकाइमैत्री वातावरण सिर्जना गर्न अभिभावकहरूलाई आग्रह गर्दै “बालबालिकाको सफलता विद्यालय मात्र होइन, घरको माया, समय र समर्थनसँग पनि प्रत्यक्ष रूपमा सम्बन्धित हुने" बताउनुभयो ।
कार्यक्रम सहभागी अभिभावक सर्जन शाहीले आफ्नो अनुभव बाँड्दै उहाँले यो कार्यक्रमले आफ्नो बच्चाको पढाइमा आफू कसरी सहयोग गर्न सक्छु भन्ने स्पष्ट बुझाइ दिएकाे प्रतिक्रिया दिनुभयो । अब म विद्यालयसँग नजिक भएर काम गर्नेछु र यस्तो कार्यक्रम रास्कोटका सबै वडामा आवश्यक छ रहेको उहाँकाे भनाइ थियो ।
कार्यक्रममा वडा अध्यक्ष, विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू र ७३ जना अभिभावकहरूको सहभागिता रहेको परियोजना संयोजक हमालले जानकारी हिमालय टाइम्सलाई जानकारी दिनुभयो ।
बिजयपुर आधारभूत विद्यालयका प्रधानाध्यापक एकीन्द्र शाहीले अभिभावक शिक्षाले विद्यालय र घरबीचको सम्बन्ध मजबुत बनाउने र विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा रास्कोट–५ का वडा अध्यक्ष मन तिरूवाले अभिभावकसँग भएको फलदायी छलफलका लागि परियोजनाप्रति आभार प्रकट गर्दै वडामा यस्ता सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्न वडाको तर्फबाट सहयोग जारी प्रतिबद्धता जनाउनुभयाे ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच