काठमाडौं । पटक-पटक प्रदर्शन मिति तय गरेर पनि स्थगन भएको चलचित्र ‘अभिमन्यु : च्याप्टर-१ अब मंसिर १८ देखि प्रदर्शमा आउने भएको छ । चलचित्रको नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति तय गरिएको हो । जेन-जी आन्दोलन, बाढीपहिरो तथा अन्य चलचित्रको बाक्लो लाइनअपका कारण यो सिनेमा यसअघि पूर्वनिर्धारित मितिमा प्रदर्शन हुन सकेको थिएन ।
सार्वजनिक नयाँ पोष्टरमा चलचित्रका अधिकांश कलाकारलाई देख्न सकिन्छ । पोस्टरमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देललाई देख्न सकिन्छ । जसलाई क्यारेक्टर पोष्टरमा फिचर्ड छन् ।
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मुख्य भूमिकामा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देललगायत हुनुहुन्छ । सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु : च्याप्टर १’को क्रिएटिभ निर्देशक मदन थापा हुनुहुन्छ भने मुकेश खनालको लेखन रहेको छ ।
‘अभिमन्यु : च्याप्टर १’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुनुहुन्छ । रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहनुभएको छ । यो सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहनुभएको छ । शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच