काठमाडौं । चलचित्र ‘कंगाल करोडपति’ बन्ने भएको छ । ‘होस्टेल ३’मा भिलेनको भूमिकाबाट दर्शकमाझ परिचित अभिनेता तथा तेक्वान्डो खेलाडी उमर खानलाई लिएर यो चलचित्र निर्माण हुने भएको हो । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यो चलचित्रको निर्माण घोषणा गरिएको हो । राजु श्रेष्ठले यस चलचित्रको निर्देशन गर्दै हुनुहुन्छ । यो उहाँको डेब्यु निर्देशकीय चलचित्र हुनेछ ।
सिनेमा पाठशालाको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा उमरसहित पदम लोहोरको मुख्य भूमिका रहनेछ । अन्य कलाकार भने टुंगो लाग्न बाँकी रहेको निर्देशक श्रेष्ठले बताउनुभयो । एउटा सामान्य मान्छे करोडपति र कंगाल बन्दाको अवस्थालाई चलचित्रमा हास्य शैलीमा देखाइने उहाँको भनाइ छ ।
कैफ खान निर्माता रहेको यस चलचित्रमा सुमन गजमेरको कथा, पटकथा तथा संवाद लेखन छ । उहाँले यसअघि ‘रंगी’ लेख्नुभएको थियो । चलचित्रमा मनोज केसी कार्यकारी निर्माताको रूपमा हुनुहुन्छ । निर्माण टिमका अनुसार यस चलचित्रको छायांकन आगामी फागुन महिनादेखि सुरु हुनेछ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच