एजेन्सी । सन् २०२५ को ‘मिस अर्थ’को उपाधि चेक गणतन्त्रकी नताली पुस्किनोभाले चुम्नुभएको छ । बुधबार साँझ पारानाक शहरको ओकाडा मनिलाको कोभ मनिला क्लबमा आयोजित ग्राण्ड फिनालेमा गतवर्षकी विजेता अष्ट्रेलियाकी जेसिका लेनको हातबाट नतालीले ताज पहिरिनुभएको हो ।
नयाँ विजेताले ८१ अन्य आकांक्षीलाई पछि पार्नुभयो । उहाँले ‘ब्युटिज फर ए कज’ शीर्षकअन्तर्गत जलवायु परिवर्तनको प्रभावसँग लड्ने लक्ष्य राखिएका परियोजनामा भाग लिने अपेक्षा गरिएको छ ।
पृथ्वीका अन्य तीन तत्वमा बाँडिएका ‘एलिमेन्ट क्विन’को ताज पनि पहिर्याइयो । आइसल्याण्डकी सोल्डिस इभार्सडोटिरले मिस अर्थ-एयरको उपाधि जित्नुभयो । संयुक्त राज्य अमेरिकाकी फिलिपिनो–अमेरिकी सुन्दरी बी मिलन-विन्डोस्र्कीले मिस अर्थ-वाटरको ताज भियतनामकी मु अन ट्रिन्हलाई हस्तान्तरण गर्नुभयो । थाइल्याण्डकी वारी न्गमखामले मिस अर्थ-फायरको उपाधि जित्नुभयो ।
मिस नेपाल अर्थ सोनी घलेले सानदार प्रस्तुतिको बाबजुद पनि अन्तिम २५ मा स्थान बनाउन सक्नुभएन । यद्यपि, उहाँले प्रारम्भिक चरणमा सशक्त प्रस्तुतिले सबैको ध्यानाकृष्ट गर्नुभयो । मिस अर्थ प्रतियोगिता सन् २००१ मा क्यारोसेल प्रोडक्सनले वातावरणीय जागरूकता प्रवद्र्धन गर्ने प्लेटफर्मको रूपमा स्थापित गरेको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच