काठमाडौं । कृषि विकास बैंकले किसान तथा कृषि उद्यमीलाई लक्षित गर्दै कृषि कर्जामा सहुलियत ब्याजदर योजना लागू गरेको छ । बैंकका अनुसार अब कृषकले कृषि कर्जामा ६.४९ प्रतिशत ब्याजदरमा ऋण पाउनेछन् । आधारदर ५.४९ प्रतिशतमा अतिरिक्त एक प्रतिशत प्रिमियम जोडेर नयाँ ब्याजदर निर्धारण गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार ‘स्वर्णिम अवसर’ अभियानअन्तर्गत ल्याइएको नयाँ योजनामार्फत् दुग्ध उत्पादन, फलफूल, तरकारी, खाद्यान्न बाली तथा अन्य कृषि उद्यममा संलग्न किसानले सहज र न्यून ब्याजदरमा ऋण लिन सक्ने व्यवस्था गरिएको छ । बैंकले नयाँ योजना किसानलाई आत्मनिर्भर, व्यवसायमुखी र उत्पादक बनाउन सहयोगी हुने विश्वास व्यक्त गरेको छ ।
यसैबीच कृषि विकास बैंकले लाभांश पनि घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त लाभांशमध्ये ३.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ९.७५ प्रतिशत नगद लाभांश रहेको छ । बैंकले हाल कायम भएको अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक छ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णयसमेत गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश वितरण हुने बताइएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर