काठमाडौं । नेपाली फिल्म क्षेत्रका दुई नयाँ चलचित्र ‘जारी–२’ र ‘मन बिनाको धन’ आज शुक्रवारदेखि देशभरका हलहरूमा प्रदर्शनमा आएका छन्। फ्राइडे रिलिजको परम्पराअनुसार दुबै फिल्म एकसाथ प्रदर्शनमा आएका हुन्।
तर यी फिल्महरूले देशभरका सबै हल ओगट्न भने सकेका छैनन्, किनभने गत साताको ‘परान’, त्यसअघि रिलिज भएका केही नेपाली फिल्म र आजै रिलिज भएका एक हिन्दी तथा एक अंग्रेजी फिल्म पनि प्रदर्शनमा छन्।
उपेन्द्र सुब्बाको निर्देशनमा बनेको ‘जारी–२’ करिब २०० शोसहित प्रदर्शनमा आएको छ। यो फिल्म ‘जारी’ को सिक्वेल हो। बिहीबार साँझ काठमाडौँमा प्रिमियर भएको फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ— कतिपयले यसलाई अघिल्लो भागभन्दा उत्कृष्ट भनेका छन् भने केहीले कमजोर सिक्वेलको संज्ञा दिएका छन्।
फिल्मले १० वर्षे सशस्त्र द्वन्द्वको असर एक परिवारमा कसरी परेको थियो भन्ने विषयलाई सांस्कृतिक र भावनात्मक ढङ्गले प्रस्तुत गरेको छ। सेन्सर बोर्डले यसलाई सबै उमेरका दर्शकले हेर्न मिल्ने युनिभर्सल सर्टिफिकेट दिएको छ।
फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु र सिर्जना निङ्लेखु लगायतका कलाकारको अभिनय छ।
यता टंक बुढाथोकी निर्देशित ‘मन बिनाको धन’ भाइरल बालगायक अशोक दर्जीको जीवनकथामा आधारित फिल्म हो। सुरुवाती चरणमा कम शो पाएको यो फिल्म माउथ पब्लिसिटीपछि दर्शक बढ्ने अपेक्षा गरिएको छ। शुक्रबार बिहान प्रेस शो आयोजना गरिएको थियो।
फिल्मले अशोक दर्जीको साङ्गीतिक संघर्षदेखि सफलता यात्रासम्मको कथा प्रेरणादायी ढङ्गले प्रस्तुत गरेको छ। यसलाई पनि सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ।
फिल्ममा अशोक दर्जीकै मुख्य भूमिका रहेको छ भने रमा थपलिया, सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङ, रवीन्द्र झा, भोला सापकोटा, रमेश विश्वकर्मा, उत्सव सापकोटा, एआर बुढाथोकी र बिना राउतको समेत अभिनय छ।
विष्णुमाया मैनालीले निर्माण गरेको फिल्ममा जीपी सङ्ग्रौला, विवेक नेपाल र विजया पाण्डे सहनिर्माताको रूपमा छन्। सपना शर्मा कार्यकारी निर्माता रहेकी छिन्।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच