काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक आज पनि जारी छ । विगत लामो समयदेखि बसिरहेको केन्द्रिय समितिको बैठकमा नेताहरुले आफ्ना धारणा राखिरहेका छन् ।
आज बैठकलाई सम्पन्न गर्ने तयारी छ । तर विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधरहरुबीच सहमति हुन सकेको छैन ।
नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने अधिकांश नेताहरुले बताउँदै आउनुभएको छ। तर विशेष महाधिवेशन हुन नसक्ने संस्थापन पक्षका नेताहरुले बताउनुभएको छ ।
बैठकमा राजनीतिक, समसामयिक विषयवस्तुका साथै राष्ट्रिय निर्वाचन, महाधिवेशन, संसद पुनःस्थापना लगायतमा आफ्ना धारणा नेताहरुले राखिरहेका छन् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच