काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानको पालना गरी सोहीअनुसार अभ्यास गर्नु नै लोकतान्त्रिक पद्धति भएको बताउनु भएको छ ।
एमाले केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागद्वारा शुक्रबार राजधानीमा आयोजित विद्वत वर्गसँगको अन्तरसंवादमा अध्यक्ष ओलीले जेन-जी आन्दोलनपछि ‘आवश्यकताको सिद्धान्त’का नाममा गरिएको सरकार गठन र संसद् विघटन संविधानविपरीत रहेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, “पूर्वप्रधानन्यायाधीश राष्ट्रिय मानव अधिकार आयोगबाहेक अन्य कार्यकारी भूमिकामा आउनु असंवैधानिक हो भन्ने हाम्रो पार्टीको स्पष्ट मान्यता हो। विधिवत् जनादेशलाई मिचेर संविधानविपरीत स्वेच्छाचारी ढङ्गले सरकार चल्न सक्दैन।”
अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापना गरेर मुलुकलाई संवैधानिक निकास दिनुपर्ने दोहोर्याउनु भयो ।
त्यसअघि, पार्टी पुनर्गठनको माग गर्दै केही नेताहरूले अनुशासनहीन व्यवहार गरेपछि महाधिवेशन अघि सारिएको उहाँले स्पष्ट पार्नुभयो ।
ओलीले प्रतिक्रियावादका विरुद्ध लड्नुपर्ने बेलामा आफ्नो राजीनामा मागिनु असामयिक भएको पनि टिप्पणी गर्नुभयाे।
महाधिवेशनमा पार्टी पुनर्गठनको आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयाे, “काम नगर्नेहरू गए हुन्छ, काम गर्ने बसे हुन्छ। कार्यकर्ताले कसले काम गरेको छ भन्ने निर्णय गर्ने छन्। मिडियामा जताततै बोलेर केही हुँदैन।”
ओलीले नेपाली काँग्रेस अन्ततः विघटित प्रतिनिधिसभा पुनः स्थापनाको पक्षमा उभिने दाबी गर्नुभएको छ ।
अध्यक्ष ओलीले काँग्रेससँग आफूहरुले संवाद गरिरहेको समेत बताउनु भयो । उहाँले शेरबहादुर देउवा उपचारका लागि बाहिर गएपछि काँग्रेसमा नेतृत्वको अभाव देखिएको बताउनु भयो । अध्यक्ष ओलीले देउवाकै अभावमा काँग्रेस केन्द्रिय कार्य समिति बैठक लम्बिएको जिकिर समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘काँग्रेस एउटा पार्टी हो, हामी अर्को पार्टी हौं । काँग्रेससँग हाम्रो संवाद भईरहेको छ । काँग्रेस फाईनल्ली मेरो विश्वास छ–पुनःस्थापनामा पुग्छ । कुराकानी भईराखेको छ । तर अब काँग्रेस भित्र जटिलता छ । शेरबहादुर जी उता जानुभयो । लिडरसिप क्राईसेस छ । अब लिडरसिप भनेको यस्तो चिज हुँदो रहेछ शेरबहादुरजी त्यो कुर्सीमा बसिदियो भने खुरुखुरु पास हुन्छ । बसिदिएन भने हुँदैन कति दिन भयो केन्द्रिय समिति बैठक बसेको, निर्णय छैन । हाम्रो पार्टीको महाधिवेशन ३ दिनमा सकिन्छ । केन्द्रिय कमिटी बैठक ३ दिनमा सकिन्छ । ३६० जना सबैलाई बोल्न पालो दिइएको हुन्छ । सबैले बोल्छन । पहिलानै विषय फ्लोर गरिदिएको हुन्छ । सबैले दस्तावेजमा छलफल गर्दछन । सबैले भाग लिन्छन् बोल्नका लागि ।’
अध्यक्ष ओलीले काँग्रेसभित्र नेतृत्वकै अभावमा जटिलता थपिन पुगेको पनि बताउनु भयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच