इस्तानबुल । टर्कीमा फुटबल खेलमा सट्टेबाजी तथा म्याच फिक्सिङ र शक्तिको दुरुपयोग गरेको शंकामा रेफ्रीको अनुसन्धानका लागि १८ जनालाई पक्राउ गरिएको इस्तानबुल अभियोजकको कार्यालयले शुक्रबार जनाएको छ ।
कार्यालयले १७ जना रेफ्री र पहिलो डिभिजन क्लबका अध्यक्षसहित २१ जनालाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरिएकोमा १८ जनालाई पक्राउ गरिसकेको जनाएको हो । कार्यलयका अनुसार सोधपुछ र अनुसन्धान म्याच फिक्सिङ र शक्तिको दुरुपयोगको शंकामा केन्द्रित छ ।
यसअघि टर्की फुटबल महासंघको अनुशासन परिषद्ले आचारसंहिता उल्लंघन गरी म्याचमा सट्टेबाजी गरेको आरोपमा गतहप्ता १४९ जना रेफ्रीलाई निलम्बन गरिसकेको जनाइएको छ । गत महिना महासंघले व्यावसायिक फुटबल लिगका ५७१ टर्की रेफ्रीमाथि गरेको अनुसन्धानले टर्कीको पहिलो डिभिजनका २२ जना रेफ्रीसहित १५२ जनामा म्याच फिक्सिङको शर्त आकर्षित भएको खुलासा गरेको थियो ।
रेफ्रीले संयुक्त बयानमा ‘अपमानजनक आरोप’को निन्दा गर्दै उनीहरूमध्ये कसैले पनि उनीहरूले अम्पायर गरेको म्याचमा नियमविपरीत नगरेको जनाएका छन् । रासस/एएफपी







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच