काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्जाइज टोली लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक टिनु योहान्नान नियुक्त हुनुभएको छ । लुम्बिनी उहाँलाई शुक्रबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । ४६ वर्षीय उहाँले रणजी ट्रफिमा विभिन्न टोलीलाई प्रशिक्षण दिनुभएको छ ।
उहाँ सन् २०२० देखि २०२३ सम्म केरला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा आबद्ध हुनुभएको थियो । भारतीय राष्ट्रिय टोलीका तीव्र गतिका बलरसमेत रहनुभएका उहाँले भारतको लागि समान तीन टेष्ट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्नुभएको छ । दुवैमा उहाँले समान पाँच-पाँच विकेट लिनुभएको छ । दोस्रो संस्करणको एनपीएल आगामी मसिंर १ देखि २७ गतेसम्म आयोजना हुँदैछ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच