लण्डन । अकल्याण्डमा भएको दोस्रो टी-२० मा न्युजिल्याण्डले वेष्ट इन्डिजविरुद्ध तीन रनको रोमाञ्चक जित हासिल गरेको छ । यो जितसँगै न्युजिल्याण्डले पाँच खेलको शृंखला एक-एकको बराबरी गर्यो । वेष्ट इन्डिजलाई जित्न अन्तिम चार बलमा सात रन चाहिएको थियो, तर यो लक्ष्य हासिल गर्न असफल रह्यो ।
पहिले ब्याटिङ गर्दै न्युजिल्याण्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०७ रन बनाएको थियो । जवाफमा वेष्ट इण्डिजले २० ओभरमा आठ विकेट गुमाएर २०४ रन बनाउन सक्यो । वेष्ट इण्डिजले पहिलो खेल सात रनले जितेको थियो । पाँच खेलको शृंखलाको तेस्रो खेल नोभेम्बर ९ मा नेल्सनमा खेलिनेछ ।
पहिले ब्याटिङ गर्दै न्युजिल्याण्डका लागि मार्क च्यापम्यानले २८ बलमा ७८ रन बनाउनुभयो । ओपनर टिम रोबिन्सनले २५ बलमा ३९ रन योगदान गर्दा डेरिल मिचेलले अन्तिम ओभरमा १४ बलमा अविजित २८ रन बनाउनुभयो । वेष्ट इण्डिजका लागि रोस्टन चेसले दुई विकेट लिँदा म्याथ्यु फोर्ड, जेसन होल्डर र रोमारियो शेफर्डले एक-एक विकेट लिनुभयो ।
२०७ रनको लक्ष्य पछ्याउँदै वेष्ट इण्डिजले १५५ रनमा आफ्नो सातौं विकेट गुमाएको थियो । त्यतिबेला उनीहरूलाई १९ बलमा ५३ रन चाहिएको थियो । त्यसपछि म्याथ्यु फोर्डले १७ बलमा रोभम्यान पावेलसँग ४७ रनको साझेदारी गर्नुभयो । टोलीलाई जितका लागि अन्तिम ओभरमा १६ रन चाहिएको थियो । फोर्डले पहिलो बलमा चौका प्रहार गर्नुभयो, तर दोस्रो बलमा कुनै रन भएन । तेस्रो बल नो-बल थियो र चौका प्रहार भयो ।
त्यहाँबाट, टोलीलाई अन्तिम चार बलमा सात रन चाहिएको थियो, तर त्यो सम्भव भएन । वेष्ट इण्डिजलाई अन्तिम बलमा पाँच रन चाहिएको थियो र फोर्डले केवल एक रनमात्र बनाउन सके । सान्टनर-सोढीले तीन-तीन विकेट लिनुभयो । एजेन्सी







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच