काठमाडौं । पुष्पसदन आवासीय माध्यमिक विद्यालयको आयोजनामा चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आज (शनिबार) देखि हुनेभएको छ । प्रतियोगितामा तीन विधामा विभिन्न विद्यालयका ५१ टिमले प्रतिस्पर्धा गर्ने पुष्पसदनका संस्थापक एवं निर्देशक महेश श्रेष्ठले जानकारी दिनुभयो ।
सिनियर ब्वाइजमा १९, जुनियर ब्वाइजमा सात र गल्र्समा २५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । गल्र्सको प्रतिस्पर्धा थ्री बाइ थ्री ढाँचामा हुनेछ । सामुदायिक विद्यालयका लागि प्रवेश निःशुल्क गरिएको प्रतियोगिता मंसिर १ गतेसम्म कीर्तिपुरस्थित आयोजककै कोर्टमा हुनेछ ।
संस्थापक श्रेष्ठले विभिन्न स्तरका बुद्धिचाल, टेबलटेनिस, फुटसल र तानडोरी प्रतियोगिता आयोजना गर्दै आएकोमा चाँडै क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारीमा रहेको बताउनुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच