काठमाडौं । नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । विभिन्न तीन प्रतियोगिता खेलेर नेपाली टोली बिहीबार मध्यराति नेपाल आइपुगेको हो । नेपाली क्रिकेट टोलीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, म्यानेजर विनोद दासलगायतले विमानस्थलमा स्वागत गर्नुभयो । नेपाल गत असोज २ मा वेष्ट इण्डिजसँगको ऐतिहासिक शृंखला यूएई प्रस्थान गरेको थियो । प्रस्थान गरेको ४९औं दिनमा नेपाली टोली काठमाडौं फर्किएको हो ।
नेपालले यसबीचमा वेष्ट इन्डिजसँगको शृंखला जितेर इतिहास रचेको थियो भने त्यसपछि ओमानमा भएको टी-२० विश्वकप छनोटमा पनि च्याम्पियन बन्दै विश्वकपको यात्रा तय गरेको थियो । तर, त्यसपछि फेरि यूएईमा भएको आईसीसी विश्वकप लिग २ मा भने नेपालको प्रदर्शन खराब रह्यो । नेपालले चारवटै खेलमा हार बेहोरेको थियो । नेपाली खेलाडीहरू अब नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तयारीमा लाग्नेछन् । नेपाल प्रिमियर लिग १ मंसिरबाट सुरु हुँदैछ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच