काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलको १५औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन, असारसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ ।
गत असार महिनासम्म कम्पनीको प्रतिसेयर आम्दानी १८.२० रहेकोमा वितरणयोग्य आम्दानीको १७.८३ प्रतिशतमध्ये १५.७९ प्रतिशत अर्थात् ७.७२ करोड (करसहित) नगद लाभांश सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीले नेपालको पुँजी बजारको इतिहासमा पहिलोपटक सेयर निष्कासनसँग सम्बन्धित मर्चेन्ट बैंकिङ र सामूहिक लगानी कोष सञ्चालनको काम सुरु गरेको थियो । हाल कम्पनीले करिब छ अर्ब रुपैयाँ बराबरका पाँचवटा बन्दमुखी म्युचुअल फण्ड र एउटा खुलामुखी म्युचुअल फण्ड सञ्चालन गर्दै आएको छ ।
लक्ष्मी सस्टनेबल इनर्जी फण्डको पुँजी एक अर्ब रुपैयाँ रहेको छ, जुन दिगो ऊर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ अघि बढिरहेको कम्पनीले जनाएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच