काठमाडौं । हङकङमा चलिरहेको हङकङ सिक्सेसमा नेपाल दोश्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको छ । आज बिहान भएको खेलमा दक्षिण अफ्रिकाले नेपाललाई चार विकेटले हराएको हो । नेपालले दिएको ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले तीन ओभर चार बलमा दुई विकेट गुमाएर भेट्टायो ।
दक्षिण अफ्रिकाका ब्लेक डेभिड सिम्पसनले सबैभन्दा धेरै अविजित ३० रन बनाउनुभयो । नेपालका लोकेश बमले दुई विकेट लिनुभयो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल निर्धारित छ ओभरमा ५८ रनमा अलआउट भयो । नेपालका राशिद खानले सबैभन्दा धेरै १६ रन बनाउनुभयो । दक्षिण अफ्रिकाका जोरिच भ्यान शाल्कविक, अब्दुल्ला बेयुमी र ब्लेक डेभिड सिम्पसनले समान दुई विकेट लिनुभयो ।
हिजो भएको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो । प्रतियोगितामा १२ टोलीको सहभागिता छ । हङकङ सिक्सेस हिजोदेखि शुरु भएको हो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच