काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्र श्रेष्ठले जेनजी आन्दोलनमा ध्वस्त भएका होटल तथा पर्यटन क्षेत्रको पुनर्निर्माणका लागि पुनस्थापना कोष गठन गर्न सरकारसँग माग गर्नुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उपाध्यक्ष श्रेष्ठले सो कोषमा सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदार संस्थाहरुको सहकार्यमा जोड दिनुपर्ने सुझाव समेत दिनुभयो । उहाँले मुलुकमा विद्यमान आर्थिक संकट समाधानका लागि सरकार र निजी क्षेत्रबीच स्थायी संवाद संयन्त्र समेत आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘सरकार र निजी क्षेत्रबीच स्थायी संवाद संयन्त्र आवश्यक छ । ध्वस्त भएका होटल र पर्यटन क्षेत्रको पुनर्निर्माणका लागि पुनस्थापना कोष गठन गरिनुपर्छ । यसमा सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारको सहकार्य आवश्यक छ । युवा र महिला उद्यमीलाई कर छुट, सहुलियत ऋण र प्राविधिक सीप प्रदान गर्न आवश्यक छ ।’
उपाध्यक्ष श्रेष्ठले मुलुकमा आगजनी र तोडफोडले उद्योग, व्यवसाय ध्वस्त भएपछि निजी क्षेत्रको मनोवल घटेको उल्लेख गर्दै त्यसलाई बढाउने गरी वातावरण बनाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच