काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उद्योगी तथा व्यवसायीलाई जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई अवसरको रूपमा लिएर उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभएको छ।
शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै गभर्नर पौडेलले नयाँ व्यवसाय सुरु गर्नसक्ने अवसर अझै रहेको र केही दुर्घटनापछि पनि उद्योग व्यवसाय सुधार गर्न सकिने अवस्था रहेको बताउनुभयो। उहाँले वैधानिक सरकार रहेको र केही समयपछि जननिर्वाचित सरकार आउन लागेको भएकाले निजी क्षेत्रले निराश भएर बस्नुपर्ने अवस्था नरहेको जिकिर गर्नुभयो।
उहाँले भन्नुभयो, “नयाँ व्यवसाय बनाउनुहोस्, उच्च मनोबलका साथ काम गर्नुहोस्। एउटा दुर्घटना भयो, तर तत्काल वैधानिक सरकार छ। हामी सबै तपाईँसँग कम्युनिकेशनमा छौँ। यस अवसरलाई पोजिटिभली लिएर अगाडि बढ्नुहोस्। अर्थतन्त्रमा मनोबलको ठूलो भूमिका हुन्छ। हामीसँग पैसा पनि छ, गभर्नेन्स पनि छ। केही समयपछि निर्वाचित सरकार आउँछ। भारत र चीनले ग्रो गरेको छ, हामी किन निराश हुनुपर्छ? विश्वभरका नेपालीले सम्भावना देखाएका छन्, त्यस फिलिङ लिएर काम गर्नु भयो भने अर्थतन्त्र माथि जान्छ।”
गभर्नर पौडेलले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन कालोसूची बाधकको रूपमा रहेको समस्या समाधान गर्न सम्बन्धित पक्षले ध्यान दिनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच