काठमाडौँ । नेपाल ट्रष्टको कार्यालय, दरबारमार्ग, काठमाडौँमा सहसचिव पदमा कार्यरत (हाल अवकाशप्राप्त) लेखबहादुर कार्कीलाई ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पक्राउ गरिएको छ। कार्की चितवनको भरतपुर महानगरपालिका–१५ बस्दै आएका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार, नेपाल ट्रष्टको नाममा दर्ता भएको काठमाडौँको जग्गा बद्नीयतपूर्वक हानिनोक्सानी हुने गरी भाडामा दिइएको पाइएको थियो। यस घटनाको अनुसन्धानको क्रममा कार्की पक्राउ परेका हुन्।
उपरीक्षक श्रेष्ठका अनुसार “नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिबीच लिज सम्झौतामा सूचनामा उल्लेख भएको कित्ता नं ४६०६ बाहेक अनधिकृत रूपमा अर्को कित्ता नं ४६०५ समेत थप गरी भाडामा दिनेस/लिने सम्झौता गरिएको थियो।
उक्त करारमा तीन वर्षको निर्माण अवधि तोक्दै ३० वर्षका लागि लिज दिने व्यवस्था गरिएको पाइयो। विसं २०७४ जेठ १४ मा गरिएको यो सम्झौताले नेपाल ट्रष्टलाई दीर्घकालीन हानिनोक्सानी पुर्याएको देखियो।”
सीआईबीले जनाए अनुसार-जग्गा लिजमा लिने लाभग्राहीसँग सहकार्य गरेका विभिन्न पदस्थ सरकारी कर्मचारी तथा अन्य व्यक्तिहरूले गैरकानुनी लाभ लिएका थिए। यसबाट नेपाल राष्ट्रलाई ठूलो हानि पुग्यो।
एसएसपी श्रेष्ठले कार्कीमाथि ठगी र आपराधिक विश्वासघात सम्बन्धी अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो।
यस घटनाले नेपाल ट्रष्टमार्फत राष्ट्रिय सम्पत्तिमा अनियमितता भएको मुद्दा सार्वजनिक गरेको छ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच