जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले आज प्रदेशसभामा विश्वासको मत माग्नुभएको छ। उहाँले आफूलाई विश्वासको मत दिन प्रस्ताव राख्नुभएको हो।
तर, उहाँलाई मुख्यमन्त्री बनाउन समर्थन गरेको नेकपा (माओवादी केन्द्र)का दुई सांसद रहबर अन्सारी र माला कर्णले विद्रोह गर्ने घोषणा गरेसँगै मुख्यमन्त्री सोनललाई विश्वासको मत प्राप्त गर्न कठिनाइ सिर्जना गरेको छ।
सत्ता पक्षका कुल ५४ सांसद प्रदेशसभामा उपस्थित छन्। तर माओवादी केन्द्रका दुई विद्रोही सांसदले मत नदिने भएपछि मुख्यमन्त्री सोनलको लागि आवश्यक समर्थन जुटाउन समस्या भएको छ।
विश्वासको मत नपाउने सम्भावना देखिएपछि केही समयका लागि मत विभाजन प्रक्रिया रोकिएको छ।
यस घटनाले मधेश प्रदेशको राजनीतिक अस्थिरता बढ्ने संकेत दिएको छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच