जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ।
प्रदेशसभाको बैठकमा बोल्दै उहाँले राजीनामा दिएको घोषणा गर्दै राजीनामा पत्र आजै प्रदेश प्रमुखको कार्यालयमा पेश गर्ने जानकारी दिनुभयो।
आज प्रदेशसभामा उहाँलाई विश्वासको मत लिन कार्यसूची तय गरिएको थियो। तर, आवश्यक समर्थन नपाउने अवस्था देखिएपछि मुख्यमन्त्री सोनलले पदबाट राजीनामा दिने निर्णय गर्नुभएको हो।
लोसपा, जसपा नेपाल, जनमत, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति लगायत दलको समर्थनमा उहाँ असोज ३० गते मुख्यमन्त्री पदमा शपथ लिनुभएको थियो। पछि जनमत पार्टी विभाजन हुँदा आवश्यक विश्वासको मत जुटाउने अवस्था नरहेको कारणले मुख्यमन्त्री सोनलले राजीनामा दिएको बताइएको छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच