काठमाडौं । गीतकार प्रकाश सुवेदीको नवीनतम् सिर्जना ‘नआइदे याद’ लिएर श्रोता/दर्शकमाझ आउनुभएको छ । अनु चौधरीको स्वर, राजकुमार बगरको संगीत र साहस शाक्यको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
वीरेन्द्र भाट ‘विपिन’को निर्देशन रहेको गीतको भिडियोमा समिया कार्की, साथमा सुधीर श्रेष्ठ, दीपेन्द्रराज गिरी, देवी पराजुली, टीकाराम पाण्डे, सरिता मगर, जयराम क्षेत्री, जेनिशा धनुके लगायतका कलाकारको अभिनय छ । भिडियोमा समावेश अंग्रेजी सबटाइटल साहित्यकार तथा समालोचक महेश पौड्यालको भाषिक कलाले सुशोभित छन् जसले गीतकार सुवेदीको सुकृतिलाई अन्तर्राष्ट्रिय श्रोता दर्शकसम्म पुर्याउन मद्धत गर्दछ ।
अक्सर आशा र चेतनाको स्वर बुन्ने सुवेदीले यसपटक भने बिछोडको गहिरो तानाबानामा मनको कथा लेख्नुभएको छ । ‘नआइदे याद’ केवल एउटा प्रेमगीतमात्र नभई परिस्थितिबस उब्जने बिछोडको अभिव्यक्ति हो ।
गीतमा अन्तर्मनको पीडा, बिर्सन खोज्दा पनि बिर्सिनै नसकिने असहजता र भावनात्मक संघर्ष गहिरो रूपमा प्रकट भएको छ । गीतका प्रत्येक हरफमा आत्मस्वीकृति प्रस्तुत गरेको आभास हुन्छ । अजय रेग्मीको छायांकन रहेको यो गीतको भिडियो सेरोफेरो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।







विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु