काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्राविधिक समस्याका कारण अनिश्चितकालीन उडान तथा अवतरण बन्द गरिएको छ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार रन-वे किनारका लाइटमा समस्या देखिएपछि शनिबार साँझ साढे ५ बजेदेखि विमानस्थलबाट हुने उडान र अवतरण बन्द गरिएको हो। समस्या समाधानको प्रयास भइरहेको र अबको केहीबेरमा नियमित उडान शुरु गर्न काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
हाल आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित छन्। अन्तर्राष्ट्रिय उडानका जहाजहरू होल्डमा राखिएको छ भने आन्तरिक उडानका जहाजहरू विमानस्थलमै रोकिएका छन्।
विमानस्थल प्रशासनले यात्रुहरूलाई अपडेटका लागि सतर्क रहन आग्रह गरेको छ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच