काठमाडौं। नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले ‘हामी नेपाल’ संस्थाका संस्थापक सुदन गुरुङको नागरिकता छानबिन गर्न सरकारलाई एक हप्ते अल्टिमेटम दिएको छ।
शनिबार बसेको संघको पदाधिकारी बैठकले तोकिएको समयसीमाभित्र गुरुङको नागरिकता सक्कली हो वा नक्कली भन्ने विषयमा सत्य तथ्य सार्वजनिक गर्न सरकारलाई आग्रह गरेको हो।
बैठकपछि संघका प्रवक्ता निरोज पौडेलले भन्नुभयाे, “सरकारले एक साताभित्र छानबिन गरी निष्कर्ष ननिकालेमा युवा संघ आफैंले उनलाई खोजेर प्रहरीमा बुझाउने र कानुनी प्रक्रियामा ल्याउनेछ।”
जेन–जी आन्दोलनका सहयोगी गुरुङले २३ भदौको आन्दोलनमा भएको दमनबारे तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई छानबिन गर्न माग गर्दै आएका थिए।
बैठक युवा संघका अध्यक्ष क्षितिज थेबेको अध्यक्षतामा सम्पन्न भएको हो। बैठकले जेन–जी आन्दोलनका क्रममा तेह्रथुमको अठराईमा आगजनीबाट नष्ट भएको ओलीको पुर्ख्यौली घर पुनःनिर्माण अभियान सुरु गर्ने, आन्दोलनका क्रममा क्षति व्यहोरेका पार्टी नेता–कार्यकर्ताको घर पुनःनिर्माण गर्ने, र “देश जलाउनेलाई कानुनी कारबाही” गर्नुपर्ने निष्कर्ष निकालेको छ।
युवा संघले साथै जेन–जी पुस्तालाई देश निर्माण र सकारात्मक परिवर्तनको अभियानमा सहभागी गराउने जागरण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ।







‘ककाकिकी’ पार्श्व गायनमा अर्जुनको डेब्यु
‘ए मेरो हजुर-५’को शुभमुहूर्त, बडीमालिका
गान्तोकमा नेपथ्यको पहिलो सांगीतिक प्रस्तुति
‘लोकल हिरो’मा अरुण क्षेत्री
‘रोड टु एभरेस्ट’को ट्रेलर सार्वजनिक
राशिफल ३० साउन, कन्या :