देशमा ठूलो परिवर्तन भयो । सरकार गि¥यो र अर्को सरकार पनि बन्यो । धेरैजसो सरकारी कार्यालय जेन-जीका नाममा घुसेका आपराधिक तत्वहरूले आगो लगाएर खरानी बनाए । एकाएक उर्लिएको अराजकताको भेलले देश ध्वस्त बनायो । सिंहदरबार र सर्वोच्च अदालत जस्ता निकायहरू ध्वस्त भए, ती निकायहरूमा पाल टाँगेर सरकारी कर्मचारीहरूले सेवा दिइरहेका छन् । कर्मचारीतन्त्रमा निहित भ्रष्टाचारी मनोवृत्ति अहिले पनि सुध्रिएको भने देखिँदैन । सिंहदरबार र सर्वोच्च अदालतलाई यस घानमा नहालौं तर अन्यत्रका शाखा कार्यालयहरूमा काम गर्ने शैलीमा अहिले पनि कुनै परिवर्तन भएको कतै पनि पाइँदैन । हिजो जुन मनोवृत्ति थियो आज पनि त्यसमा परिवर्तन भएको छैन । सेवाग्राहीहरू त्यस्ता कार्यालयहरूमा गएर फर्किँदा खरानीका थुप्रामाथि पाल टाँगेर काम गरिरहेका कर्मचारीहरू अहिले पनि हिजोकै मानसिकतामा रहेछन् भन्दै फर्किन बाध्य छन् ।
सबैभन्दा ठूलो पीडा सेवाग्राहीले त्यस बेला हुन्छ, जुन बेला कर तिर्न जाँदा, मालपोत तिर्न जाँदा, पानी बिजुलीको महसुल तिर्न जाँदा पनि कर्मचारीले झर्कोफर्को गरेको र सेवाग्राहीहरूसँग असल व्यवहार नगरेको देखिन्छ । यसले गर्दा एकातिर राजनीतिज्ञहरूको बलमिच्याइँमा देश पिल्सिरहेकै छ भने अर्कातिर कर्मचारीतन्त्रले पनि उही मनोवृत्ति अँगाल्दा देश उभो लाग्ला त ? यो आजको जल्दोबल्दो प्रश्न हो । सरकारले जनतालाई खानेपानी राम्ररी उपलब्ध गराउन सकेको छैन । कति ठाउँमा हप्ताको एक दिन चार घण्टा पानी आउँछ । चार घण्टामा ४००० लिटर जति पनि पानी आउँदैछ तर महसुल त्यसको तुलनामा निकै चर्को तिर्नुपर्छ र त्यही महसुल तिर्न जाँदा पनि त्यहाँका कर्मचारीहरूले के आधारमा कति रकम लिएको हो त्यो नबताई तपाईंको यति पैसा भयो भन्छन् । थप प्रश्न गर्यो भने जवाफ दिनुको सट्टा झर्कोफर्को गर्ने गर्छन् ।
मेलम्ची कुरेर बसेका कतिपय ठाउँका उपभोक्ताहरूले अहिले पनि उक्त पानी पाएका छैनन् । ती ठाउँहरूमा पानी आपूर्ति हुने पर्खाइमा उनीहरू रहेका छन् तर सरकारले त्यसका लागि तदारुकता अपनाएको अवस्था छैन । पानी नागरिकहरूका लागि पहिलो आवश्यक शर्त हो । पुराना ढुंगेधारा र इनारहरू सुकिसकेका छन् । बाहिरबाट पानीको आपूर्ति पर्याप्त मात्रामा हुनसकेको छैन । उपत्यकामा ३० वर्ष जतिमा पाँच गुणा जनसंख्या बढेको छ । अस्थायी र स्थायी रूपमा बस्दै आएका यी नागरिकहरूले दैनिक उपभोग गर्ने पानीको पर्याप्त व्यवस्था गर्न सक्यो भने वर्तमान सरकार र सम्बन्धित मन्त्रीको पनि अझै प्रशंसा चुलिने थियो ।
चाबहिल, काठमाडौं ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच