नेपालको एक प्रमुख शक्तिशाली पार्टी नेकपा एमालेको ११औं महधिवेशन मंसीर २७ गते देखि सुरु हुँदैछ । यस पार्टीका अतीत र वर्तमानका गुह्य कुरा यस लेखकलाई थाहा छ तर नोकरसाही जनवादमा अभ्यस्त भएकाले बेलैमा गुप्त षड्यन्त्र उजागर गर्न सकिएन । जबजलाई गहन रूपमा अध्ययन गरेकाले पार्टीका सकार नकार जनसमक्ष खुल्ला छलफल गर्न पाउने हुनाले तथ्य सत्य यस लेखमा उजागर गरिएको छ । यस लेखलाई सत्य, तथ्य र वास्तविक बनाउन केही दृश्य पहिले उपस्थापित गरिएको छ । म जस्तै एक समय नोकरसाही जनवादमा पूरै अभ्यस्तलाई यस लेखका कुरा अपाच्य हुन सक्छन् तर समय क्रममा लेखमा उल्लेख गरिएका सत्य सबैले बुझ्ने नै छनु ।
दृश्य नं-१
जननेताा मदन भण्डारीले पाचौं महाधिवेशनको पूर्वसन्ध्यामा देशका प्रम्ुख चार केन्द्रमा अगुवा कार्यकर्ताकाका बीच सघन बहस सञ्चालन गर्नु भयो । यसरी महाधिवेशन जस्ताो विषय खुल्ला वा अर्ध खुल्ला गर्नु हुन्थेन भन्ने कटु टिप्पणी कतिपय नेताहरूले नै गरे । यसको प्रतिक्रियामा मदनले विगतकालको भिन्न परिस्थितिमा जस्तो अब पार्टी चल्नु हुँदैन । जनताले पनि थाहा नपाउने गरी गोप्य र अतिगोप्य तरिकाले पार्टीलााई बन्दकोठामा सीमित गर्नुहुन्न । यसरी जनताको पार्टीका महत्वपूर्ण फैसलाका बारेमा जनताले थाहा पाउनु जाति हुन्छ । जनतासित जोडिएको पाार्टी र नेतृत्वमात्र जीवन्त बन्न सक्छ, मदनले भन्नु भयो ।
नवौं महाधिवेशनमा मतपेटिका समेत साटेर आफू र आफ्नो समूहलाई हराएको ओली पक्षले बताएको थियो । निर्वाचन आयोगका पदाधिकारी र अधिकांश सदस्य धाँधली गर्नकै लागि तयार गरिएको हुँदोरहेछ । यसो भएपछि जति रोए, कराए र रन्थनिए पनि पार लाग्दोरहेनछ । न्याय दिने दिलाउने नै कोल्टे परेपछि के पार लाग्नु ?
उतिबेला महाधिवेशनका कतिपय छलफल बहस नीति सिद्धान्तका दस्तावेजसमेत सार्वजनिक गरियो । महाधिवेशनका पूर्वसन्ध्यामा जनताले समेत थाहा पाउने गरी यस खालको बहस कहिल्यै भएको थिएन । अब हुन्छ कि हुँदैन थाहा छैन । यसरी खारिएर निखारिएर मात्र जबज अत्यधिक प्रतिनिधिले जबज पारित गरेका थिए । खुल्ला खुलस्त खालको नेता अनेक दाउपेच र षडयन्त्र गर्दैन आवश्यक पारदर्शी रूपमा निति, विधि, सिद्धान्त र नेतृत्वलााई अघि सार्छ । त्यति बेला महाधिवेशनमा कसैलै पाखुरा सुर्किएको देखिएन । प्रस्तावहरू पारित गर्न सुरुदेखि अन्त्यसम्म कुनै पनि खाले षड्यन्त्र र तिकडम्बाजीको सुइँकोसम्म भएन र पाइएन तर पनि महाधिवेशनको भव्य र विशाल उद्घाटन सत्रमा पार्टी महासचिव मदन भण्डारीलाई बोल्न सम्म दिएनन् षडयन्त्रकारीले ।
तथ्य नं-२
सातौं महाधिवेशनमा म पनि प्रतिनिधिमा उम्मेदवार भएको थिएँ तर मलाई अनेक तानाबाना बुनेर भाते मुद्दा लगाइयो । आचार्य थरि जिल्ला अध्यक्षले मेराविरुद्ध अनेक प्रपञ्च रचे । आफू सोझो परियो तर मतदानमा लस्कर लागेकालाई कानमा खुसखसु गरेर भट्काए छन् । यो कुरा थाहा पाएर एकाध शिक्षक, प्राध्यमापक र सेृवा निवृत्त कर्मचारीले बद्रीसर रातारात बिग्रनु भएको रे भनेर वरिष्ठ शिक्षक लेखनाथ घिमिरेलाई सोधेछन् ।
त्यति बेला ओलीले पार्टी संगठनमा लोकतान्त्रीकरणको दस्तावेज प्रस्तुत गर्ने विषयमा धनकुटाबाट गोपाल गुरागाईं मेरा घरमा आएर एक रात बसेर मेरै घरको फोन सुनसरीका कमरेडसित कुरा गरेका थिए । म भने ओलीको प्रस्ताव गुरागाईको अल्पव्याख्याबाट नबुझेको हुँदा त्यसमा समर्थन थिएन तर गुरागाईले एक छाक भात खाएको विषयका आधारमा मलाई भाते मुद्दा लगाइयो र कहिल्यै फोन नगर्ने आचार्य थरी अध्यक्षले मलााई एक घण्टा फोन गरे । तर मैले अमुक नेताका पक्षमा अन्धो भएर नलाग्ने भनेँ । उनी त्यति बेला ओलीका कट्टरविरोधी रहेछन् । कुराको प्रसंगमा त्यताहुँदी ककसले के-के कुरा गर्छन् मलाई जनाकारी दिनू है भनेपछि म छाँगाबाट खसेँ । कस्ता-कस्ता निकृष्ट व्यवहार गर्दा रहेछन् नेताहरू भन्ने थाहा पाइयो ।
दृश्य नं-३
पार्टी केन्द्रका अनुशासन आयोगका अध्यक्ष केशवप्रसाद बडालले आफ्नो सिंहावलोकन नामको पुस्तकको पृ.१११ मा छैटौं महाधिवेशनको कुरूप दृृश्य यसरी वर्णन गरेका छन् :
महाधिवेशनकै हलभित्र पनि अस्वस्थ्य र झडपपूर्णा घटना देखिएको थियो । केही देशी पाहुनाहरूलाई विमान स्थलबाट स्वागत गर्ने जिम्मेवारी भीम रावलको थियो । रावलले महाधिवेशन स्थलमा पाहुनाहरूलाई प्रवेश गराएपछि स्वयंसेवक रूपनारायण श्रेष्ठलगायतले रावललाई लछारपछार गरेका थिए । रावलको कपडासमेत च्यातिएको थियो ।
दृश्य नं-४
नवौं महाधिवेशनमा मतपेटिकासमेत साटेर आफू र आफ्नो समूहलाई हराएको ओली पक्षले बताएको थियो । निर्वाचन आयोगका पदाधिकारी र अधिकांश सदस्य धाँधली गर्नकै लागि तयार गरिएको हुँदोरहेछ । यसो भएपछि जति रोए, कराए र रन्थनिए पनि पार लाग्दोरहेनछ । न्याय दिने दिलाउने नै कोल्टे परेपछि के पार लाग्नु ? सुनसरी जिल्लाका दुई अधिवेशनको निर्वाचनमा चरम धाँँधली गरी दुई-दुई पटक खेमराज पोखरेललाई हराएको आफैँले नै देखेको छु । मतदानस्थल मछली बजार जस्तो थियो । धाँधलीपूर्ण निर्वाचनलाई समर्थन गर्न केन्द्रीय सदस्यहरू इन्दु गौतम, लक्ष्मी गौतम, जगदीश कुसियत, डा.प्रेम दंगाल, अमृता साँवा र तैयव हुसेनलगायत सक्रिय र कटिबद्ध थिए । बरालले यसको अगुवाइ गरेका थिए । ओलीकै आदेशमा यस्तो भएको हो भनी नबुझ्ने को होला र ? धरान र इटहरी नगरपालिकाको विगत स्थानीय निर्वाचनको हारको भार पनि शीर्षास्थमै जान्छ ।
फलामे सिक्रीले टनटनी बाँधिएका दासहरूले विद्रोह गरे भने म जस्ता बाख्रोपाठो झैँ घाँटीमा डोरीको पगाहा लगाएर अर्धदासहरू योे शताब्दीमा पनि चुप्पै लागेर बस्लान् र ? कुनै पनि बेला कुनै पनि क्षण कार्यकर्ता भड्किएर विरोधमा उत्रिने खतरा देखिन्छ । यो लेखक त चरम र सरम लाग्दो विकृतिका विरुद्ध खुल्ला रूपमा उत्रिनै सकेको छ ।
दृश्य नं-५
प्रदीप ज्ञवालीले नेतृत्वउपर प्रश्न गरेपछि महाधिवेशनबाट नै त्यसको जवाफ दिनुपर्यो भने । यसको आशय प्रश्न नै गर्नुहुँदैनथ्यो भन्ने सार हो र फेरि जसरी पनि ओलीलाई अध्यक्ष जसरी पनि बनाइछाडिन्छ भन्ने अन्तर्य हो । महासचिव शंकर पोखरेलले केन्द्रीय कमिटीको बैठकमा चलनचल्तीमा रहेको वर्णानुक्रमविपरीत ‘ज्ञ’ नामको नेता हुँदै राय प्रकट गर्ने धारणा राखे । पुरानै र सही मानिएको ‘अ’ र ‘क’ नामका नेतालाई सुरुमा बोल्न दिँदा तिनका सही विचारबाट अरू धेरै प्रभावित हुन्छन् वा भड्कन्छन् भन्नेसम्मको कुनियत हुनेले केसम्म गर्न बाँकी राख्लान् र ?
केन्द्रीय कमिटीको बैठकमा आफ्ना पक्षमा ताली पिट्ने र विपक्षलाई हुटिङ गरी मनोवैज्ञानिक रूपमा निल्ल पार्न केन्द्रीय सदस्यबाहेकका जत्था प्रवेश गराइएको थियो । पार्टीलाई जबजअनुसार परिचालित गर्नका लागि आ-आफ्ना विचार, धारणा र मान्यता राख्ने वरिष्ठ नेताउपर महेश बस्नेतलगायत तत्वहरू परिचालित गरी बदनाम र बेइज्जत गर्ने दुष्प्रयास गरिएको छ । अध्यक्ष ओलीले मेराविरुद्ध लाग्नेले आफ्नो भविष्यबारे बीस पटक सोच्नु भनेका थिए । उनले, विद्या भण्डारीलाई आफैंले सदस्यता दिएर पनि तथानाम र सफेद झुट बोलेका थिए । पार्टीको संगठनमा लोकतान्त्रिकीकरणको मुद्दा उठाउने र यसमा किताब नै प्रकाशित गर्ने ओली अहिले तीलगायत अनेक झुटका पुलिन्दा बोकेर बसेका छन् ।
दृश्य नं-६
एक समय महाचिवलाई मात्र पार्टी कार्यक्रममा देश विदेश दौडाहा गराइन्थ्यो र अहिले प्रदीप ज्ञवालीलगायत केहीलाई मात्र दौडाइने गरेको देखिन्छ । यसरी महाधिवेशनका सम्मुख आफ्नो चरम स्वार्थी गुट दौडाउनुको रहस्य जगजाहेर छ ।
दृृश्य नं-७
ओलीले मदन भण्डारी फाउण्डेशनलाई ठगी खाने भाँडो भने तर उनी त्यही संस्थाको प्रमुख संरक्षक भएर लामो समयसम्म उनी आफैं पनि बसेका थिए । मदनका बारेमा उनले कटुकटाक्ष गरेका कुरा भन्नै परेन, सबलाई थाहै छ । अहिले जबज र जननेता मदन भण्डारीबारे ओली खासै बोल्नमात्र होइन उच्चारण गर्न पनि चाहिरहेका छैनन् । उनले केही पहिले अन्नपूर्ण दैनिक पत्रिकामा प्रकाशित आलेखमार्फत् जबजविपरीतको कथित विचार प्रकाशन गरेका थिए ।
भयावह दृश्य-८
ओलीले अब महाधिवेशनलाई पूरै पकडमा राख्ने नियतले काम गर्ने आशंका व्याप्त छ । प्रतिनिधि चयन, मनोनय, स्वयं सेवक छनौट, निर्वाचक मण्डल, अध्यक्ष मण्डल, मतगणक आदि सब क्षेत्रलाई आफू अनुकूल बनाउने छन् । आँ गर्दा अलंकार बुझ्नेले यति कुरा सजिलै बुझ्छन् । तथ्य र सत्य हुनेले त्यही अनुसार काम गर्छ नहुनेले षड्यन्त्र धाँधली र खुराफात नगरी हुँदैन तर जतिसुकै म मेरा भने पनि तिनै मेरा भनिनेहरू पनि अतिचार हुन थालेपछि भड्किन्छन् ।
फलामे सिक्रीले टनटनी बाँधिएका दासहरूले विद्रोह गरे भने म जस्ता बाख्रोपाठो झैँ घाँटीमा डोरीको पगाहा लगाएर अर्धदासहरू योे शताब्दीमा पनि चुप्पै लागेर बस्लान् र ? कुनै पनि बेला कुनै पनि क्षण कार्यकर्ता भड्किएर विरोधमा उत्रिने खतरा देखिन्छ । यो लेखक त चरम र सरम लाग्दो विकृतिका विरुद्ध खुल्ला रूपमा उत्रिनै सकेको छ । १०१ गल्ती गरेपछि शिशुपाल आफैं समाप्त भएको थियो । अब पापको घडा भरिइसक्यो । यसको अवधि समाप्त हुनै लाग्यो । यसको आयु अब सकिने अवस्थामा देखिन्छ तर आफैं सकिएला भनेर हुँदैन कम्तीमा परालको मचानमा सलाई त कोर्नै पर्छ र आगो सल्काउनै पर्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच