काठमाडौं । हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ वा अशुभ संकेतका रूपमा लिइने चलन पुरानो परम्परासँग जोडिएको छ। सामुद्रिक शास्त्रअनुसार, पुरुषको दायाँ आँखा र महिलाको बायाँ आँखा फरफराउनु शुभ मानिन्छ।
मान्यताअनुसार पुरुषको दायाँ आँखा फरफराउँदा इच्छा पूरा हुने, पदोन्नति वा धन लाभ हुने विश्वास गरिन्छ। त्यस्तै, महिलाको बायाँ आँखा फरफराएमा गहना, कारोबार वा आर्थिक लाभको संकेत मानिन्छ।
तर चिकित्सकहरूका दृष्टिमा आँखा फरफराउनु कुनै आध्यात्मिक संकेत होइन। उनीहरूका अनुसार आँखामा एलर्जी, मांसपेशी सम्बन्धी समस्या, तनाव, निद्राको कमी, म्याग्नेसियमको अभाव वा चिया–कफी र मदिराको बढी सेवनका कारण पनि यस्तो समस्या देखिन सक्छ।
यसर्थ, बारम्बार आँखा फरफराउने समस्या देखा परेमा चिकित्सकको सल्लाह लिनु नै उपयुक्त हुन्छ, अन्धविश्वासमा मात्र भर पर्नु होइन।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच