काठमाडौं । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल यूएईसँग ४३ रनले पराजित भएको छ। आइतबार सम्पन्न खेलमा यूएईले दिएको १३० रनको लक्ष्य पछ्याउँदापछि नेपालले ६ ओभरमा ४ विकेट गुमाउँदै ८६ रन मात्र बनाउन सक्यो।
नेपालका लागि आदिल आलामले ३२ रन योगदान दिए भने सन्दीप जोराले ३१ रन नटआउट रहँदै खेल सम्हाले। तर बाँकी खेलाडीहरू रन बनाउन असफल रहेपछि नेपाल पराजित हुन बाध्य भयो।
यसअघि टस हारेर ब्याटिङमा उत्रिएको यूएईले उत्कृष्ट प्रदर्शन गर्दै ६ ओभरमा ४ विकेटको क्षतिमा १२९ रन जोडेको थियो। यूएईका निलांश केसवानीले विस्फोटक ब्याटिङ गर्दै १५ बलमा ७३ रन बनाए, जसमा १० छक्का र ३ चौका सामेल थिए।
नेपालका बलर राशिद खानले दुई विकेट लिँदा लोकेश बम र रुपेश सिंहले एक–एक विकेट हात पारे।
यससँगै नेपालले हङकङ सिक्सेसमा पाँच खेलमध्ये चारमा हार बेहोरेको छ। शनिबार भारतविरुद्ध जित हासिल गरेको नेपाल अफगानिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र यूएईसँग पराजित भएको हो।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच