हाल कामय रहेको संवैधानिक व्यवस्थानुसार राजनीतिक दलहरू राज्य शक्तिका मुख्य साझेदार तथा तत्व हुन् । जनताको सार्वभौमिकता राष्ट्र, राष्ट्रियता, राज्य शक्तिको बाँडफाँटको प्रमुख हकदार तथा जनतामाझ सेवासुविधा दिने हकमा यी दलहरूको भूमिका पहिलो स्थानमै आउँछ । सत्ताको बागडोर सम्हाल्ने अधिकार भने आवधिक निर्वाचनबाट प्राप्त म्यान्डेटको आधारमा सम्बन्धित दलसक्षम हुने गर्दछन् । प्रत्येक पाँच-पाँच वर्षको अन्तरालमा हुने निर्वाचनमा संवैधानिक व्यवस्थानुरूप दलमाथिको विश्वासको आधारमा सरकारमा सहभागि हुने अधिकार पाउने गर्छन् । तीन तहको सरकार, तिनका तोकिएका काम कर्तव्य र अधिकारको प्रभावकारी कार्यान्वयनमा उनीहरूको भूमिका हुन्छ ।
विगत समयदेखिको दलहरूको अकर्मन्यता र जनताप्रतिको गैरजिम्मेदारीपूर्ण व्यवहारले सिर्जत नयाँ परिवेशले मुलुक अन्तरिम सरकारको भरमा चलिरहेको छ । आगामी फागुन २१ गतेलाई निर्वाचनको मिति तोकिएको छ तर राजनीतिक दलहरूको जात्रा हेरिनसक्नु किसिमको छ । नेपाली कांग्रेस नेपालको समग्र प्रजातान्त्रिक आन्दोलन तथा गतिविधिको हकमा मूलजरो जत्तिकै फुइँ लगाउने दलभित्र भने प्रजातान्त्रिक संस्कारगत मुख्य मान्यताको खोजी गर्ने काममा सर्वसाधारणले छनक पाइसकेका छन् । नियमित अधिवेशन गर्ने कि नगर्ने भन्ने घ्यू नआउने कुरामा पूरै दल, तिनका होनहार नेता, कार्यकर्तालगायत समग्र मुलुकको प्रजातान्त्रिक तौरतरीकामा विश्वास गर्ने जमात ठूलाठूला आँखा पारेर सानेपातिर नजर लगाएर बसेका छन् ।
२००६ सालदेखि हालसम्म नेपालका कम्युनिष्टहरूको एउटामात्र मिल्ने साझा भनेको जोडिनु र फुट्नुको कुनै हिसाब–किताब नै छैन । कार्यकर्ता, नेताको संख्या, आकार कति भन्ने हेक्का राख्न नसकिने भएको छ, तर पनि नेपाली कम्युनिष्ट आन्दोलन इतिहास र समाजवादको साथमा वर्गसंघर्षका कुरा गर्न छोडेका छैनन् ।
देशको विषम परिवेशमा राजनीतिक निकासको कुनै सम्भावना छैन । दलहरूको अझ चेत खुलेको जस्तो देखिँदैन । जुँगाको लडाइँले राष्ट्रिय राजनीति लाजनीतिमा परिणत हुन थालेको छ । सबैलाई दलको अध्यक्ष बन्नुपरेको छ । सबैलाई संघीय मन्त्री त्यो मालदार मन्त्रालय नै चाहिएको छ । राजनीतिका लगि दल खोल्ने प्रतिस्पर्धा चलेको छ । मुलुकमा भएका गोडादशेक उद्योग कलकारखाना बन्द गरिसकिएका छन् । बाँकी रहेका युवा अझ तिल्मिलाएर विदेशिनुको विकल्प देखिँदैन । ३५ वर्षीय प्रजातान्त्रिक व्यवस्थाले एउटा भुइँमान्छेलाई के दियो भनेर विचार गर्ने हो भने ट्वाक्क भन्ने उत्तर कसैसँग छैन ।
हिमाल, पहाड, तराई सबै क्षेत्रका युवा कम्तीमा घरको एकजना गल्फ वा मलेशियातिर जान बाध्य हुनुपरेको छ । अन्यथा उक्त घरको चुल्हो बल्दैन । यो रहरको विदेश यात्रा कदापि होइन । बाध्यताको यात्रा बिहान-बेलुका हातमुख जोर्नका लागि मात्र हो । एमालेभित्रको रडाको छताछुल्ल भएको समयमै माओवादीभित्र माधवकुमार नेपालको एकाएक भएको आगमनले आफूलाई साँच्चै माओका भक्त भनाउँदा बाहिर निस्किएर कोकोहोलो मच्चाइरहेका छन् । उता यसभित्रका मन र कुर्सी नपाएकाको पुरानो घरफिर्ती कम्ती हेर्न लायक छैन । ओलो बा गुण्डुबाट छोराको घरबाट बडो स्फुर्तिका साथ हुंकार गरिरहनुभएको छ । साथमा केही भक्तको झुण्ड फुर्तिलो देखिएको छैन ।
२००६ सालदेखि हालसम्म नेपालका कम्युनिष्टहरूको एउटामात्र मिल्ने साझा भनेको जोडिनु र फुट्नुको कुनै हिसाब-किताब नै छैन । कार्यकर्ता, नेताको संख्या, आकार कति भन्ने हेक्का राख्न नसकिने भएको छ तर नेपाली कम्युनिष्ट आन्दोलन इतिहास र समाजवादको साथमा वर्ग संघर्षका कुरा गर्न छोडेका छैनन् । यद्यपि निमुखा नेपाली सर्वसाधारणले उनीहरूका गुलिया वचन पत्याइरहेका छन् । कुनै कम्युनिष्ट भनाउँदो राजनीतिक दल, तिनका नेता–कार्यकर्ता आजका दिनसम्म निर्वाचन खर्च कम गरौं भन्ने कुरा गर्न सकेका छैनन् । निर्वाचनका दिनदेखि सुरु हुने भ्रष्टचारको गन्ध राष्ट्रिय गौरवका परियोजनामा समेत देखिँदा तैँ चुप मैँ चुपको अवस्थामा राजनीति पुग्नु विडम्बना हो ।
गरिब र गरिबीका साझा समस्या माझ सधैं राजनीति गर्ने तर पुँजीपतिसँगको मिलेमतोमा आफू र आफ्नो दुनो सोझो पार्न खप्पिसहरूले रचेको नाटक लायकै देखिन्छ । जुरो, फुर्को र पुच्छर फालेर के बन्न खोजेका हुन् स्वयं स्वनामधन्य नेतृत्वमा ज्ञान भएको जस्तो छन्द देखिँदैन । नीति, सिद्धान्त, संगठन, नेताकार्यकर्ता जस्ता मूर्त पक्षभन्दा अमूर्त, अयोग्य नमिल्दा नीतिगत वादले भरिएका पुराना रटानको साथमा बहुलवादमा जमेको नेपाली समाज र समुदायमा राजनीति गरिरहेका छन् ।
आन्तरिकमात्र नभएर बाह्य रूपमा धेरैलाई मुर्ख बनाउन सफल भएका छन् तर यसको सोझो असर नेपालको राष्ट्रिय राजनीति, अर्थनीति, आर्थिक, व्यावसायिक कारोबार एवं नेपाल र नेपालीहरूमाथि विश्वले गर्ने विश्वास भरोसामा पछिल्लो समयले प्रष्ट पारेको छ । हाल कम्युनिष्ट दलहरूभित्रको यता छुट्टिने र उता जोडिने रमाइलो आजभन्दा तीस-चालीस वर्षअघि टुँडिखेलमा शिवरात्रिको जात्राको हर्क बडाइँ जत्तिकै छ । यो कतिन्जेल र कसरी अघि बढ्ने हो समयले नै बताउला ।
नेपाली कांग्रेसभित्र संस्थापन र गैरसंस्थापनभित्रको जात्राले जग हँसाएको छ । आउँदो महाधिवेशनको सन्दर्भमा चल्ला र अण्डामा कसको पहिले आगमन भएको हो भन्ने गुटगत, व्यक्तिगत, समूहगत छलफलले कलहको बिउ बनेको छ । आमनिर्वाचनभन्दा अधिवेशन अघि कि पछि भन्ने बेतुकको झगडा छ । देउवा पर्टीका तर साठी वर्षमाथिका सबैलाई सभापति चाहिएको छ तर राज्य, अर्थतन्त्र, छिमेकी, आन्तरिक राजनीति, स्थायित्व, जेन-जीलगायत आन्दोलन बारेमा कसरी जाने भन्ने स्पष्ट खाका कुनै समूहसँग छैन ।
प्रष्ट रूपमा बोल्न नसके पनि पचासको दशकको नेतृत्व स्वीकार गर्न साठी कटेका अग्रज नेता तथा कार्यकर्ता कोही तयार छैनन् । मुलुकको राजनीति, समाज, युवा, उनीहरूको भविष्य, राज्यले लिने नीतिगत निर्णयलगायत भोलिको नेपालको बाटो, सिद्धान्त र गन्तव्य के हो भन्नेमा कोही कसैलाई चासो छैैन तर सबैलाई जसरी सभापति नै चाहिएको छ । यसले भोलि कांग्रेस र यसभित्र अटाएका मानिस, उनीहरूको विश्वासमा कसरी ठेस पुर्याउँछ भन्ने चासो देखिँदैन ।
राजनीतिक अवस्था तरल छ । आगोमा घ्यू थपिएको झैँ आर्थिक क्षेत्रको अस्तव्यस्तताबाट मुलुकले भोलि अझ नराम्रो राजनीतिक बाटो समात्न सक्दछ तर कुनै दल तथा भ्रातृसंगठनले मुख खोलेका छैन । भएका पुराना दलभित्रको जात्रा मात्र नेपालीले देखिरहेको अवस्था छ ।
राजनीतिक अवस्था तरल छ । आगोमा घ्यू थपिएको झैँ आर्थिक क्षेत्रको अस्तव्यस्तताबाट मुलुकले भोलि अझ नराम्रो राजनीतिक बाटो समात्न सक्दछ तर कुनै दल तथा भ्रातृसंगठनले मुख खोलेका छैन । भएका पुराना दलभित्रको जात्रा मात्र नेपालीले देखिरहेको अवस्था छ । मध्यम वर्गीय नेपालीहरूमाझ आफ्नै विविध कारणले कांग्रेसको शाख कम हुनगएको फाइदास्वरूप लोकप्रिय हुनपुगेको एमालेमा ओलीको बेमौसमी बाजाले दलप्रति दत्तचित्त संगठित कार्यकर्ताको हुर्मत लिने काम भएको छ ।
एमालेका केही ऊर्जावान नेता-कार्यकर्ता छिचिमिरा जस्ता नेपाली कम्युनिष्टहरूको आशाको केन्द्र बनेको एमाले पनि हालका दिनमा नेता-कार्यकर्ताका लागि शरीरको अप्ठ्यारो अंगमा आएको पिलो जस्तो हुन पुगेको छ । उक्त पिलोको आँखो नफाली निको हुँदैन तर फाल्न पाकेको छैन । यस अवस्थमा बढी पीडा शरीरले बेहोर्नुपर्ने हुन्छ । माओवादिभित्र आजका दिनमा प्रचण्डको बोलवालामा कमी आएको छैन । थोरै धक्का भने लागेको छ तर उनकै चकचकी कायमै देखिन्छ । आफ्नाहरूलाई समेट्न झिँझो मान्दै जाने तर बाहिरकालाई अँगाल्दै जाँदा माओवादीहरूको अस्तित्व अबको निर्वाचनमा के हुने हो स्वयं प्रचण्डका वरिपरिकालाई अन्दाज गर्न छ । दश वर्र्षीय समयको भागबण्डा नमिलेर होनहार कार्यकर्ताको साथ टुटेको भन्दै हिँड्नेका उनकै अथक सहयात्रीलाई समेट्न नसकेको यथार्थबोध प्रचण्डले गरेको देखिँदैन ।
सायद प्रचण्डकै ललिपप हुनुपर्छ हुँदाखाँदाको नेकपा एसमा पहिरो गयो । प्रचण्डसँग काँध मिलाएकाको केही दिन राहत मिल्यो तर बाँकी नेता-कार्यकर्ताको अवस्था भने घरको न घाटको बन्न पुगेको छ । उता माऊ पार्टीमा जाऊँ ओलीले चुनावमा प्रतिस्पर्धा गरेको भरमा रावल जत्तिका नेताको त्यो हाल बनाएका छन् भने अरूको के हविगत होला । नेपालको पर्टी लागौं उनकै ठेगान भएको छैन । तराईका दलहरू रमिते हुनपुगेका छन् भने अन्य स-साना अन्य दलहरू आँखिझ्यालबाट नजर लागउँदै अलमलमा परेका छन् ।
जनताको विश्वास, भरोसामा दिनानुदिन राम्रो हुनुपर्नेमा भत्किँदै जाँदा आमसर्वसाधारमा निराशा छाउनु अस्वाभाविक होइन । नेपाली राजनीतिक वृत्तमा पछिल्लो समय देखिएको ठूलो समस्या भनेकै मियोबिनाको दाइँको अवस्था आउनु हो । कांग्रेसले नेतृत्व चयन गर्न नसक्नु र कम्युनिष्ट दलहरूभित्रको राजनीतिक रत्यौलीका कारण मुलुकले निकास पाउन नसकेको हो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच