काठमाडाैं । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लिभरपुलमाथि प्रभावशाली जित हात पार्दै शीर्ष स्थानको आर्सनलसँगको अंक अन्तर घटाएको छ। आइतबार राति इत्तिहाद स्टेडियममा सम्पन्न खेलमा सिटीले लिभरपुललाई ३–० ले पराजित गरेको हो।
यो जितसँगै सिटीले अब शीर्षस्थानमा रहेको आर्सनलसँगको दूरी ४ अंकमा झार्न सफल भएको छ। हाल ११ खेलमध्ये ७ जित, १ बराबरी र ३ हारसहित सिटी २२ अंकमा तालिकाको दोस्रो स्थानमा पुगेको छ। त्यस्तै, समान खेल खेलेको आर्सनलले ८ जित, २ बराबरी र १ हारका साथ २६ अंकसहित शीर्ष स्थान मजबुत बनाएको छ।
सिटीले पहिलो हाफमै दुई गोल गर्दै खेलमा बलियो पकड जमाएको थियो। खेलको २९औं मिनेटमा म्याथुज नुनेजको पासमा एर्लिङ हालान्डले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाउनुभयो। त्यसपछि पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा निको गोन्जालेजले दोस्रो गोल थप्दै सिटीलाई सानदार अवस्थामा पुर्याउनुभयो।
दोस्रो हाफमा पनि सिटीको दबदबा कायम रह्यो। खेलको ६३औं मिनेटमा जिमेनी डोकीले २० यार्ड दूरीबाट सुन्दर प्रहार गर्दै सिटीको अग्रता ३–० मा पुर्याउनुभयो। यस जितसँगै प्रशिक्षक पेप ग्वार्डियोलाले आफ्नो करिअरको १ हजारौँ खेल विशेष जितसहित मनाउनुभयो।
उता, गएराति नै भएको अन्य खेलमा एष्टन भिल्लाले एएफसी बर्नमाउथलाई ४–० ले पराजित गर्यो। ब्रेन्टफोर्डले न्यूक्यासल र नटिङ्घम फरेष्टले लिड्स युनाइटेडलाई समान ३–१ को नतिजाले पराजित गरे। क्रिस्टल प्यालेस र ब्राइटन एण्ड होभ एल्बियनबीचको खेल गोलरहित बराबरीमा टुंगियो।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच