काठमाडाैं । जाडोयाम सुरु भई सकेको छ । अहिले हरेक चोक, सडक र चौरमा बदामको बिक्री बढदै गएको छ । पारिलो घाममा बसेर बदा खाँदै साथीभाइसँग गफ गर्दै बस्नु छुट्टै आनन्द दिने गर्दछ।
बदाम एक पौष्टिक तत्वले भरिपूर्ण खाद्य वस्तु हो, यसमा भरपूर मात्रामा चिल्लो, प्रोटिन र विभिन्न प्रकारका भिटामिन तथा खनिज पाइने गर्दछ । बदाम खानाले मुटुको रक्त केशिकहरु स्वस्थ रहनुका साथै कोलेस्ट्रोललाई कम गर्नमा पनि यो अझ प्रभावकारी हुन्छ ।
बदामबाट भरिपूर्ण भोजनले स्वास्थ्यलाई निकै फाइदा पुर्याउँछ । बोक्राका साथमा बदाम खानु अझ राम्रो मानिन्छ । तर, यसको मात्रा भने सन्तुलित हुनुपर्दछ । हाल बजारमा बदामको मूल्य मात्रा र गुणस्तरअनुसार मुठीदेखि पाथीसम्म ५० रुपैयाँदेखि ३५० रुपैयाँसम्म पर्ने गर्दछ ।











बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच